मन्त्री रविन्द्र अधिकारी चढेको हेलिकप्टर ताप्लेजुङमा सम्पर्कविहीन

<span class='c1'>मन्त्री रविन्द्र अधिकारी चढेको</span> <span class='c2'>हेलिकप्टर ताप्लेजुङमा सम्पर्कविहीन</span>

ताप्लेजुङ्ग, १५ फागुन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रवीन्द्र अधिकारी तथा यति एयरलायन्सका मालिक आङछिरिङ शेर्पा चढेको एयर डाइनेस्टिको हेलिकप्टर बुधबार दिउँसो सम्पर्कविहीन भएको छ।

ताप्लेजुङको पाथिभरा मन्दिरबाट फर्कने क्रममा उक्त हेलिकप्टर सम्पर्कबिहिन रहेको प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार केही समयअघि गाउँलेले ताप्लेजुङको दारेभीरमा ठूलो आगो लागेको जानकारी दिएपछि प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीसहित प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ।

मन्त्री अधिकारी शेर्पासहित तेह्रथुम विमानस्थलको अवलोकन गर्न आज बिहान तेह्रथुमको आठराई पुगेका थिए। त्यसपछि ताप्लेजुङस्थित पाथिभरा मन्दिर दर्शन गर्न उनीहरू त्यहाँ पुगेको प्रहरीले जनाएको छ। हेलिकप्टरमा अधिकारी र शेर्पासहित ६ जना सवार थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्