सुनसरीमा लागूऔषध सहित धरानबाट ४ जना पक्राउ

<span class='c1'>सुनसरीमा लागूऔषध सहित धरानबाट</span> <span class='c2'>४ जना पक्राउ</span>

सुनसरी,  १५ फागुन ।  सुनसरीको धरान उप-महानगरपालिकाको विभिन्न स्थानबाट प्रहरीले  प्रतिबन्धित लागूऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । धरान उप-महानगरपालिका-८ तीनकुनेबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित धरान-८ बस्ने बर्ष ३० को निरज धामी र दिपेश श्रेष्ठलाई पक्राउ गरेको हो ।

अस्थाई प्रहरी पोष्ट तीनकुनेबाट खटिएको प्रहरी टोलीले इटहरीबाट धरान जाँदै गरेको को ३६ प ४००० नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा मोटरसाईकलको पछाडी सवार दिपेश श्रेष्ठले लुकाई राखेको १ ग्राम ५ सय मिलीग्राम ब्राउन सुगर फेला पारी दुवै जनालाई नियन्त्रणमा लिईएको हो ।

त्यस्तै प्रहरीले सुनसरी बराहक्षेत्र नगरपालिका-७ बस्ने बर्ष ३६ को सन्देश श्रेष्ठलाई लागूऔषध सहित पक्राउ गरेको छ ।  विराटनगरबाट धरान जाँदै गरेको को १ ज १०५७ नम्बरको माईक्रो बसमा सवार श्रेष्ठलाई शंका लागि चेकजाँच गर्ने क्रममा लागूऔषध  स्पास्मोप्रोक्सिभोन ट्याव्लेट-१ सय २० चक्की फेला पारी बरामद गरेको हो ।

अस्थाई प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले  लागूऔषध सहित सोही स्थान बस्ने बर्ष १८ को उज्वल कार्कीलाई पक्राउ गरेको छ ।  कार्कीलाई  शंकास्पद अवस्थामा हिडिरहेका श्रेष्ठलाई चेकजाँच  गर्ने क्रममा लागूऔषध ट्रामाडोल-१ सय २० ट्याब्लेट र सपास्पल-१ सय २० ट्याबलेट फेला पारी बरामद गरेको हो । लागूऔषध सहित पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखि थप अनुसन्धान भईरहेको  प्रहरीले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्