ताप्लेजुङ्गकाे फुङ्गलिङ १० तारेभिरमा हेलिकाेप्टर दुर्घटना , मन्त्री सहित ७ जनाकाे मृत्यु

<span class='c1'>ताप्लेजुङ्गकाे फुङ्गलिङ १०  तारेभिरमा हेलिकाेप्टर दुर्घटना</span> <span class='c2'>, मन्त्री सहित ७ जनाकाे मृत्यु</span>

विराटनगर, १५ फागुन । एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको निधन भएको छ । ताप्लेजुङ्गकाे फुङ्गलिङ १० स्थित तारेभिरमा हेलिकाेप्टर दुर्घटना भएकाे हाे ।

तेह्रथुमको आठराईमा विमानस्थलको सम्भाव्यता अध्ययन  गरि ताप्लेजुङस्थित पाथिभरा दर्शन गरेर फर्किँदै गरेकाे  मन्त्री अधिकारी सवार हेलिकप्टर दुर्घटनामा परेको हो । ताप्लेजुङमा दुर्घटनाग्रस्त हेलिकप्टरमा सवार ७ जनाकै मृत्यु भएको  प्नदेश प्रहरी कार्यालय विराटननगरलेे जनाएकाे छ  ।

उक्त हेलिकप्टरमा पर्यटन मन्त्री अधिकारी सहित यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए ।  सदरमुकाम फुङलिङ बजारबाट उक्त स्थान करीब ३ घण्टाको दूरीमा रहेको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्