ताप्लेजुङ हेलिकोप्टर दुर्घटना : प्रदेश १ सरकारको शोक विज्ञप्ती ‘राष्ट्रकाे ठूलो क्षति’

<span class='c1'>ताप्लेजुङ हेलिकोप्टर दुर्घटना : प्रदेश १</span> <span class='c2'>सरकारको शोक विज्ञप्ती ‘राष्ट्रकाे ठूलो क्षति’</span>

विराटनगर, १५ फागुन ।
ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा प्रदेश सरकारले शोक बिज्ञप्ती जारी गरेको छ । एक नम्बर प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले ताप्लेजुङको सिस्ने भिरको दारे ढुङ्गामा आज दिउँसो भएको एयर डाईनेस्टीको ९ एन एमआई कल साईनको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी सहित ७ जनाले जीवन गुमाएको घटनाले प्रदेश सरकार स्तब्ध भएइको बताएका छन् ।

जारी बिज्ञप्तीमा नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक धु्रव भोछिभोया, उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा हेलिकोप्टर क्याप्टेन प्रभाकर के.सी. र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधनले अत्यन्तै दुःखी बनाएको उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ, ‘विद्यार्थी जीवन हुँदै संगठन र संघर्षबाट अगाडि बढ्नुभएका अत्यन्त जुझारु युवा नेता अधिकारी सहित हेलिकोप्टरमा सवार सबै यात्रुको निधनले प्रदेश सरकार मर्माहत भएको छ । यो दुर्घटनाबाट राष्ट्रले ठूलो क्षति वेहोर्नु परेको छ ।’ दुर्घटनामा निधन भएका सबै प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु, मुख्यमन्त्री राईद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्