बिराटनगरमा महालक्ष्मी अनुष्ठान तथा देवी भगवत महापुराण शुरु

<span class='c1'>बिराटनगरमा महालक्ष्मी अनुष्ठान तथा</span> <span class='c2'>देवी भगवत महापुराण शुरु</span>

विराटनगर, १५ फागुन । विराटनगरको हाटखोलामा रहेको प्राङ्गणमा गत ११ गते देखि महालक्ष्मी अनुष्ठान तथा देवी भगवत महापुराण संञ्चालन भईरहेको छ ।

ॐ शिवशक्ति कल्याणी केन्द्र शाखा बिराटनगरले आयोजना गरेको उक्त कार्यक्रममा श्री कल्याणी माताद्धारा श्री महालक्ष्मी मन्दिर निर्माणार्थ पुराणको आयोजना गरेको हो ।
हिन्दुहरुको अस्तित्व माथि भइरहेको आक्रमणलाई निरुत्साहित गर्नकालागी समेत उक्त महापुराणले सहयोग गर्ने आयोजकका सिताराम कट्वालले बताए । गत ११ गते सुरु भएको महापुराणको उद्घाटन सामाजिक विकाश मन्त्री जिवन घिमिरेले गरेका थिए ।
फागुन १३ गते देखि शुरु महापुराणमा देवि भगवत कथा पुराण र नेपाली भाषामा कथा प्रवचन हुने आयोजकले जनाएको छ । महापुराण फागुन २० गते समापन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्