भारतीय विङ्ग कमाण्डरलाई पक्रेको भन्दै पाकिस्तानद्वारा फाेटाे सार्वजनिक, तर भारत भन्छ : पाइलट बेपत्ता

<span class='c1'>भारतीय विङ्ग कमाण्डरलाई पक्रेको भन्दै पाकिस्तानद्वारा फाेटाे</span> <span class='c2'>सार्वजनिक, तर भारत भन्छ : पाइलट बेपत्ता</span>

एजेन्सी । भारतीय विदेश मन्त्रालयले भारतको मिग-२१ क्षतिग्रस्त भएको र एक पाइलट पनि बेपत्ता भएको बताएको छ ।यसैबारे विदेश मन्त्रालयका प्रवक्ता रविश कुमार र एयर भाइस मार्शल जीके कपूरले लिखित बयान पढेर सुनाएका छन् ।

उनले पाकिस्तानले भारतीय सैनिकको अड्डालाई निशाना बनाउने प्रयास गरेको भएपनि भारतीय सेना तयारी अवस्थामा भएका कारण उनीहरुको यो प्रयास असफल भएको बताए । ‘एरियल इन्गेजमेन्टमा मिग-२१ वायुसेनाले पाकिस्तानी विमानलाई खसाल्यो । पाकिस्तानी क्षेत्रमा खसिरहेको विमानलाई थलसेनाले देखेको थियो ।’

उनले भने, ‘दुर्भाग्यवश यस कार्यमा हाम्रो मिग विमान खसेको थियो, पाइलट ‘मिसिङ्ग एन एक्सन’ हो । पाकिस्तानले हाम्रो पाइलट हिरासतमा रहेको दाबी गरेको छ । उनीहरुले गरेको यस दाबीको हामी जाँच गरिरहेका छौँ ।’

रविश कुमारले पत्रकारको प्रश्नको जवाफ दिन अस्वीकार  गरेका थिए भने एयर भाइसमार्सल कपूले पत्रकासँग यसबारेमा केही पनि बाेलेनन् ।योभन्दा पहिले पाकिस्तानी सेनाले दुई भारतीय पाइलटलाई पक्रेको दाबी गरेको छ तर भारतले एक पाइलट बेपत्ता भएको जनाएको छ । पाकिस्तानी सेनाले एउटा भिडियो सार्वजनिक गर्दै यो भिडियो भारतीय पाइलटको भएको दाबी गरेको छ ।

भिडियोमा भारतीय वायु सेनाको वर्दी लगाएको व्यक्तिको आँखामा पट्टी बाँधिएको छ, वर्दीमा उसको नाम अंग्रेजीमा लेखिएको छ । यो व्यक्तिले आफ्नो नाम अभिनन्दन र विङ्ग कमाण्डर भएको बताइउँदै उसले आफ्नो सर्भिस नम्बर पनि भनिरहेको छ ।

भिडियोमा व्यक्ति आफू पाकिस्तानी सेनाको कब्जामा छु र भनेर प्रश्न सोधिरहेको छ ।

तस्बिरमा देखाइएको ट्वीट पाकिस्तानी सूचना मन्त्रालयको आधिकारिक ट्विटरबाट पोस्ट गरिएको थियो । तर केही समयपछि यसलाई हटाइएको छ ।

तर पाकिस्तानकाे सरकारी आधिकारिक ट्वीटर एकाउण्टमा दुई पाइलट पक्रेको दाबी गरिएको छ र उनीहरुको तस्बिर पनि देखाइएको छ । पाकिस्तानी सेनाका प्रवक्ताले अर्का पाइलटलाई सैनिक अस्पतालमा भर्ना गराएको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्