काठमाडौं,१५ फागुन। सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ ।
मन्त्रिपरिषद्को आकस्मिक बेठकले मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो । भोलि देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइनेछ भने आधा झण्डा झुकाइनेछ ।
बुधबार दिउँसो ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सवार ७ जनाकै मृत्यु भएको छ ।