विराटनगरको भाटभटेनिमा ग्राहकलाई अफरै–अफर, सामान किन्दा चिनी सित्तैमा !!

<span class='c1'>विराटनगरको भाटभटेनिमा ग्राहकलाई अफरै–अफर, सामान</span> <span class='c2'>किन्दा चिनी सित्तैमा !!</span>

प्रेम देवान ।
विराटनगर, १६ फागुन । एक बर्ष अगाडि सञ्चालनमा आएको विराटनगरको भाटभटेनी सुपर मार्केटले आफ्ना ग्रहकहरुलाई नयाँ अफर ल्याएको छ । विराटनगरको शनि मन्दिर अगाडि रहेको भाटभटेनीले ग्राहकहरुलाई सहुलियत दरमा खाद्यन्नदेखि कस्मेटिक सामानमा छुट दिईएको जनाएको छ। भाटभटेनीमा सपिङ बहार सामान सँगै चिनी उपहार दिन थालेको हो ।
भाटभटेनीले २५ सय भन्दा बढीको सामान खरिद गर्दा १ किलो चिनी र ७ हजार भन्दा बढी रकमको सामान खरिद गर्नेलाई ३ केजीसम्म चिनी उपहार दिएको छ । यससँगै कस्मेटिकमा १० प्रतिशत, लगेजमा १५ प्रतिशत, इलोक्ट्रोनिक सामानमा १५ देखि ३५ प्रतिशतसम्म छुटको व्यावस्था गरिएको भाटभटेनी सुपरमार्केट विराटनगरका व्यवस्थापक विनोद भट्टराईले जानकारी दिए । सेवाग्राहीलाई जोगवनी जानै नपर्नेगरी सस्तो, सुलभ र गुणस्तरीय सामान उपलब्ध गराईएको भट्टाईले बताए ।
सिनेमा हल संचालनको तयारी
एकवर्ष अगाडि संचालनमा आएको भाटभटेनी सुपर मार्केटले अत्याधुनिक सुविधा सम्पन्न क्यू एफ एक्स मल्टिप्लेक्स सिने घर चाडै संचालनमा ल्याउने तयारी थालेको छ । अत्याधुनिक सेवा सुविधा सम्पन्न सिनेमा हलको लागि अहिले निर्माण कार्य जारी रहेको छ । चार सय सिट क्षमता भएको २ वटा हल संचालनमा आउने भाटभटेनी सुपरमार्केट विराटनगरका व्यावस्थापक भट्टराईले जानकारी दिए । भाटभटनीमा सञ्चालनमा आउन लागेको २ वटै हलको लागि क्यू एफ एक्सका संचालक नक्कीम उदिनले जिम्मा लिने छन् । साथै भाटभटेनी सुपर मार्केटको भवन मै खाजा घरको पनि संचालनमा ल्याउने तयारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्