मोरङमा हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउन शुरु

<span class='c1'>मोरङमा हात्तीपाइले रोग विरुद्धको</span> <span class='c2'>औषधी खुवाउन शुरु</span>

विराटनगर, १५ फागुन ।
मोरङमा हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउन थालिएको छ । बुधवारवाट मोरङका सवै स्थानीय तहहरुले हातिपाईले बिरुद्धको औषधी खुवाउन शुरु गरेका हुन् ।

यसै वीच विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले एक कार्यक्रमका वीच औषधी खाएर अभियानको शुभारम्भ गरेका छन् । मेयर पराजुलीले सबै जनतालाई औषधी खान समेत आग्रह गरे ।
दुई सातासम्म सञ्चालन हुने औषधी सेवन कार्यक्रममा स्वास्थ्यकर्मी र स्वयम्सेविकाले नजिकको स्वास्थ्य सेन्टर र घर–घरमा पुगेर औषधी खुवाउने बताइएको छ । हात्तीपाइले रोगको औषधी २ वर्षभन्दा कम उमेरका बालबालिका, कुपोषण भएका ५ वर्षमुनिका बालबालिका, गर्भवती महिला, सिकिस्त बिरामी, मुटु रोगी, क्यान्सरका बिरामी, मृगौला रोगी, छारेरोग भएका व्यक्तिले सेवन गर्न नहुने स्वास्थयकर्मीले बताएका छन् ।
यस्तै ग्रामथान गाउँपालिकामा पनि बिद्यालयका आयोजना गरिएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सहित प्रमुख प्रशासकीय अधिकृतले औषधी खाएर शुभारम्भ गरे ।त्यस्तै बिद्यालयका शिक्षक र बिद्यार्थीलाई समेत औषधि खुवाईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्