मेसिन गन सहित विप्लव नेकपाका एकजना धरानमा पक्राउ

<span class='c1'>मेसिन गन सहित  </span> <span class='c2'>विप्लव नेकपाका एकजना धरानमा पक्राउ</span>

धरान,१६ फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकता बुधबार हतियारसहित धरानको पानवारीबाट पक्राउ परेका छन् ।

धरान–५ पानवारी सडकखण्डमा को५प ७५ नंको मोटरसाइकलबाट पूर्वतर्फ जाँदै गरेका मोरङको बेलबारी नगरपालिका–१० का देवकुमार लिम्बूलाई लङ मेशिन गन र एम–१६ गनसहित पक्राउ गरिएको पानवारी प्रहरी कार्यालय धरानले जनाएको छ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी, पानबारी सुनसरीबाट खटिएको प्रहरी टोलीले विभिन्न नाकाहरुमा चेक प्वाइन्ट खडा गरी चेकजाँच तथा खानतलासी गर्ने क्रममा उनी पक्राउ परेका हुन् ।

धरानबाट मोरङको केराबारीतर्फ जाँदै गरेको मे ५ प ७५ नम्बरको मोटरसाइकल जाँच गर्न खोज्दा नरोकी भागेपछि प्रहरीले पिछा गर्दै जाँदा मोटरसाइकलका चालक लिम्बुलाई मोटरसाइकलमा लुकाइ राखेको हतियारसहित फेला पारेकाे थियो ।

उनले बोकेको चामलको बोराभित्र रहेको प्लाइको बाकसभित्र कपडाको तन्नाले बेरेर लुकाएको अवस्थामा हतियार बरामद भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्