ऐसेलुखर्क गाउँपालिकाले गर्‍यो गाउँ प्रहरी भर्ना

<span class='c1'>ऐसेलुखर्क गाउँपालिकाले गर्‍यो</span> <span class='c2'>गाउँ प्रहरी भर्ना</span>

खोटाङ, १६ फागुन । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले गाउँ प्रहरी भर्ना गरेको छ ।  स्थानीय सरकार सञ्चालन ऐनमा व्यवस्था भएअनुसार गाउँ प्रहरीको व्यवस्था गरी शान्ति सुव्यवस्था र अमनचयन कायम गर्दै नीति नियमलाई प्रभावकारी कार्यान्यवनका लागि गाउँ प्रहरी भर्ना गरिएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताए। ऐसेलुखर्क गाउँपालिकाले  पहिलोपल्ट गाउँ प्रहरी भर्ना गरेको हो ।

दैनिक कार्य सम्पादनका क्रममा परिचालन गर्नेगरी भर्ना भएका गाउँ प्रहरीलाई बुधबार नियुक्ति दिएर ड्यूटीमा खटाइएको छ ।

कालो टोपी, सेटो सर्ट, निलो पाइन्ट र कम्मरमा खुकुरी भिरेका गाउँ प्रहरीलाई सपथ खुवाएर लगत्तै कार्यक्षेत्रमा खटाइएको गाउँपालिका प्रमुख निरौलाले बताए । गाउँ प्रहरीका लागि गाउँपालिकाभित्रका १७ जनाको आवेदन परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्