ताप्लेजुङको सुकेटार विमानस्थलमा सबै शव ल्याइयो , आज काठमाडौँ पठाइँदै

<span class='c1'>ताप्लेजुङको सुकेटार विमानस्थलमा सबै शव</span> <span class='c2'>ल्याइयो , आज काठमाडौँ पठाइँदै</span>

ताप्लेजुङ (सुकेटार), फागुन १६ गते ।

नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव आज काठमाडौँ पठाइँदैछ ।

बुधबार साँझ दुर्घटनास्थलबाट सेनाको हेलिकोप्टरले हुक गरेर चार शव सुकेटार विमानस्थलमा ल्याएपछि वर्षा र हिउँका कारण अन्य शव उठाउने कार्य प्रभावित भएको थियो । त्यसपछि घटनास्थलबाट बोकेरै शव ल्याउने प्रयास गरिए पनि असफल भएपछि आज बिहान ७ :४५ मा सेनाको हेलिकोप्टरद्वारा बाँकी तीन शव ल्याइ सकिएको छ । हिमपात र बाक्लो हुस्सुको कारणले  शव काठमाडौँमा पठाउन समस्या भएको छ ।

मौसममा सुधार भए लगत्तै शव काठमाडौँ पठाइने प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिनुभयो । मन्त्री अधिकारीको शव चिन्न सकिने र अन्यको चिन्न नसकिने अवस्थामा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्