दमकमा यस्तो : स्कुलको गेटले किचेर नर्सरीमा पढ्ने बालकको मृत्यु 

दमकमा यस्तो : स्कुलको गेटले किचेर नर्सरीमा पढ्ने बालकको मृत्यु 

झापा, फाल्गुन १६ गते ।

झापाको दमक नगरपालिका-१० मा बुधवार स्कुलको गेटले किचेर १ बालकको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । दिउँसो साढे २ बजे जनता प्राथमिक बिद्यालयमा नर्सरीमा अध्ययनरत मोरङ कानेपोखरी-२ घर भई हाल दमकमा डेरा गरी बस्ने छुका हेमरनको छोरा बर्ष ७ को बिजेन्दर हेमरनलाई स्कुलमा खेल्ने क्रममा अचानक मेन गेट लडेर किचेको थियो ।

गेटले थिचेर गम्भीर घाइते भएका बालकलाई उपचारको लागि लाईफ लाईन अस्पताल दमक पठाईएकोमा उपचारको क्रमममा दिउँसो पौने ३ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । साथै सोही गेटले थिचेर दमक नगरपालिका-१० बस्ने फुलमाया दर्जीको छोरी बर्ष ९ की तारा दर्जी समेत घाइते भई सोही अस्पतालमा उपचार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्