सुनसरी, फाल्गुन १६ गते ।
सुनसरीको ईटहरी उप-महानगरपालिका-१९ अमाहमा बुधवार राती हड्डी अड्किएर १ जनाको मृत्यु भएको छ । हड्डी अड्किएर सोही स्थान बस्ने बर्ष ६१ को हरि चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
राती सवा ९ बजे मासु खाने क्रममा घाटीमा हड्डी अड्किए पछी उपचारको लागि धरान लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको उक्त कार्यालयले जनाएको छ ।