झापामा बोलेरोको ठक्करबाट साईकलयात्रीको मृत्यु

झापामा बोलेरोको ठक्करबाट साईकलयात्रीको मृत्यु

झापा, फाल्गुन १६ गते ।

झापाको शिवसताक्षी नगरपालिका-११ दुधेमा बुधवार बोलेरो गाडीको ठक्करबाट १ जना साईकल यात्रीको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गमा पश्चिम तर्फ जाँदै गरेको बा ५ च ९४२९ नम्बरको बोलेरोले साईकल यात्री सोही नगरपालिका-बस्ने बर्ष ४७ को दिपक राईलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते राईलाई उपचारको लागि बि.एण्ड.सी. अस्पताल बिर्तामोड पठाईएकोमा उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

मृतकको शव कानूनी प्रकृया पश्चात सोही अस्पतालमा राखिएको छ भने ठक्कर दिने सवारी र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्