मन्त्री अधिकारीसहित ७ जनाको शव काठमाडौँ ल्याइँदै , टुँडिखेलमा श्रद्धाञ्जली दिइने

<span class='c1'>मन्त्री अधिकारीसहित ७ जनाको शव काठमाडौँ</span> <span class='c2'>ल्याइँदै , टुँडिखेलमा श्रद्धाञ्जली दिइने</span>

फागुन १६, काठमाडौँ ।

ताप्लेजुङको सिस्नेखोला क्षेत्रमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीसहित ७ जनाको शव काठमाडौँ ल्याइँदै छ ।

अहिले मृतक सातै जनाको शव ताप्लेजुङस्थित सुकेटार विमानस्थलबाट हेलिकप्टरमा राखेर काठमाडौँ पठाइएको छ ।

मौसममा खराबी भएका कारण शव ल्याउन ढिलाई भएको हो । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले मौसमको प्रतिकूलताका कारण विमानस्थल ठप्प रहेको जानकारी दिए। उनले ताप्लेजुङमा हिमपात भइरहेको बताए।

मृतकहरुको शव काठमाडौंमा ल्याएपछि पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिने र त्यसलगत्तै टुँडिखेलमा लगी श्रद्धाञ्जली दिइने तयारी छ ।

मन्त्री अधिकारीको शव अन्त्येष्टिका लागि शुक्रबार गृहजिल्ला कास्की लैजाने तयारी छ । अन्य परिवारको भने इच्छाबमोजिम अन्त्येष्टिका लागि लगिने जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्