नेकपाद्वारा शोक प्रस्ताव पारित, फागुन २३ गते श्रद्धाञ्जली सभा गर्ने

<span class='c1'>नेकपाद्वारा शोक प्रस्ताव पारित, फागुन</span> <span class='c2'>२३ गते श्रद्धाञ्जली सभा गर्ने</span>

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैंठकले ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीसहित सातजनाको निधन भएकोमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले आज देशभरका पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

यस्तै देशभरका पार्टी कार्यालयमा तीन दिनसम्म शोक पुस्तिका राख्ने र फागुन २३ गते केन्द्रीयस्तरमा श्रद्धाञ्जली सभा गर्ने निर्णय पनि बैंठकले गरेको छ ।

त्यसैगरी दुर्घटनामा निधन भएकाहरुको परिवारलाई आर्थिक अवस्था हेरेर सहयोग गर्ने निर्णय पनि बैंठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्