बिराटनगरको मेरिल्याण्ड कलेजमा बिजनेस बुटक्याम्प: नेतृत्वबिकास देखि उद्यमशीलताबारे तालिम

बिराटनगरको मेरिल्याण्ड कलेजमा बिजनेस बुटक्याम्प: नेतृत्वबिकास देखि उद्यमशीलताबारे तालिम

बिराटनगर फाल्गुन १६ ,

बिराटनगर-६ स्थित मेरिल्याण्ड कलेज बिराटनगरमा बिजनेस बुटक्याम्प आयोजना गरिएको छ । बेलायतको युनिभर्सिटी अफ वल्भरह्याम्टनसंगको साझेदारीमा संचालित उक्त कलेजले प्लस २ पढिरहेका बिद्यार्थीहरुको लागि उक्त बुटक्याम्प आयोजना गरिएको हो । बुट क्याममा बिराटनगरका बिभिन्न कलेजका बिद्यार्थीहरुको सहभागिता हुदै आएको छ । हाल सम्म २ सय बढी बिद्यार्थीलाई उक्त बुट क्याम गराएको कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर बिबेक दाहालले जानकारी दिए ।

उक्त क्याममा नेतृत्वबिकास ,उद्यमशीलता लगायतका बारेमा तालिम दिदै आइएको छ ।

बिजनेस क्षेत्रमा ख्यातिप्राप्त प्रशिक्षकहरु डा. ऋषिकेश वाग्ले र श्रीलंकाकि प्राध्यापक चादनी तिलकरत्ने लगायतले क्याममा बिद्यार्थीहरुलाई तालिम दिदै आएका  छन् । क्यामबाट बिद्यार्थीहरुले प्रयोगात्मक शिक्षण सिकाइको अनुभव प्राप्त गर्न सकेको बताएका छन् ।

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजमा बेलायतको बिजनेस डिग्री सर्वशुलभ शुल्कमा अन्तरास्ट्रियस्तरमा नै पढाइ हुदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा मेरिल्याण्ड कलेज बिराटनगर, इटहरी इन्टरनेसनल कलेज , इस्लिंग्टन कलेज काठमाडौं , हेराल्ड कलेज काठमाडौं र इन्फोम्याटिक्स कलेज पोखरा संचालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्