काठमान्डौ फाल्गुन १६ ,
हेलिकप्टर दुर्घटनामा परी प्रबनध निर्देशक गुमाएको यति र तारा एयरले शुक्रबार उडान नभर्ने भएको छ ।
बिहीबार विज्ञप्ति जारी गर्दै यतिले बुधबारको ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको सम्झनामा सबै उडान बन्द गर्ने जानकारी गराएको छ । बुधबार ताप्लेजुङको विमान दुर्घटनामा परी यति एयरका प्रबन्ध निर्देशक शेर्पासहित सात जनाको निधन भएको थियो ।