विराटनगरको म्यक्स अस्पतालमा शिशुको शव बन्धक प्रकरण:आफन्त भन्छन्, ‘बच्चा साटेर मरेको दिए’

विराटनगरको म्यक्स अस्पतालमा शिशुको शव बन्धक प्रकरण:आफन्त भन्छन्, ‘बच्चा साटेर मरेको दिए’

विराटनगर, १६ फागुन ।
विराटनगरको महेन्द्रचोकमा रहेको म्यक्स ईन्टरनेशनल अस्पतालका संचालकले शिशुलाई बन्धक बनाएको बारेको समाचार बाहिर लगेको भन्दै शिशुका बुवा सुर्य चन्द्रवंशीलाई जेल हाल्ने धम्की दिएका छन् ।

अस्पताल भित्रको कुरा बाहिर लगेको भन्दै धम्की दिएको बताएका हुन् । अस्पतालका प्रबन्ध निर्देशक हेमनारायण मेहताले पैसा पनि नतिर्ने अनी अस्पतालको बारेमा झुठो खबर बाहिर लगेको भन्दै प्रहरीलाई बोलाएर थुनाउने धम्की दिएको चन्द्रबंशीले बताए ।
अस्पतालले सुर्य र उनको श्रीमती बुद्धि चन्द्राबंशीले पैसा तिर्न नसकेको भन्दै बन्धक बनाएको भन्दै न्यायकोे माग गरेका छन् । बिहानै मृत्यु भएका शिशु आफ्नो नभएको भन्दै आएका उनीहरुले मृत्यु भईसकेका शिशुलाई पनि लग्न नदिएको बताए । एक त उनीहरुले मरेको शिशु आफ्नो नभएको बताउँदै आएका छन् भने अस्पतालले नै भनेको जस्तै गरी मरेको शिशु लग्दा पनि २५ हजार तिर्न नसकेपछि अस्पतालले शिशु दिन नमानेको उनीहरुको नाई छ ।
बच्चा साटेर मरेको दिए
चन्द्रबंशीले आफ्नो बच्चा समेत अस्पतालले साटीदिएको बताएका छन् । बच्चाको नाकमा जन्मसिद्ध दाग रहेको तर अहिले दिईएको बच्चाको कुनै दागहरु नहुनुले बच्चा साटिएको आरोप समेत लगाएका छन् । चन्द्रबंशीले भने, ‘अस्पतालले हाम्रो बच्चा साटेर मरेको बच्चा हामीलाई सुम्पेको लगाईरहेको छ ।’
उपचारमा संलग्न बालबालिका तथा नवजात शिशु रोग विशेषज्ञ डा.विजय वर्गिशले त्यस्तो कुनै जन्मसिद्ध निशान नरहेको बताएका छन् ।
अस्पताल भन्छ, गलत प्रचार भयो
मृतक शिशु र आफन्तलाई बन्धक बनाएको बारेमा जानकारी लिन ओबीको टिम साँझ ८ बजे अस्पतालमा पुगेको थियो । त्यहाँ पुग्दा मृतक शिशुका बुबा सुर्य चन्द्रबंशी अस्पतालमा भौतारिँदै थिए । उनले आफ्नो बच्चा साटेको दाबी गरे । आफुलाई पनि जान नदिएको र मरेको भनिएको शिशु आफ्नो नभएको सुनाए । मृतक शिशुका बुबा र आमा आईसीको गेट नजिकै उभिएर बिछिप्त अबस्थामा थिए । उनीहरुसँग केही कुराकानी गरेपछि ओबीका टिम अस्पतालका संचालक तथा अध्यक्ष शत्रुघन यादवसँग कुरा गदर्न जाँदा उनीहरु अस्पतालमा नभएको र भागि सकेको बताउँदै थिए । अस्पताल भित्रको अबस्था कोकोहोलो खालको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्