धरानको नगरसभाले टेण्डर नगरी लगाएकाे कर संकलन ठेक्का रद्द

<span class='c1'>धरानको नगरसभाले टेण्डर नगरी लगाएकाे</span> <span class='c2'>कर संकलन ठेक्का रद्द</span>

धरान,१७ फागुन । धरान उपमहानगरपालिकाको नगरसभाले टेण्डर नगरी दिइएको कर संकलन ठेक्का रद्द गरेको छ । धरानको प्रवेशद्वार तीनकुनेमा ठेकेदारले सवारीसाधन तथा मालवाहक गाडीबाट शुल्क (कर) असुल्ने गरी पाएको ठेक्का रद्द गरिएको हो ।

कोशी राजमार्गमा पर्ने उक्त नाकाको ठेक्का व्यवसायी जीबी खड्काले ४ वर्षअघि डेढ लाख रुपैयाँमा पाएका थिए । उनले वर्षेनि १५ प्रतिशत वृद्धि हुने गरी मालवाहक सवारी र विदेशी पर्यटकको गाडीसँग शुल्क उठाउने गरेका थिए । कर्मचारीको मिलेमतोमा विना टेण्डर एउटै व्यक्तिलाई न्यून शुल्कमा ठेक्का दिएको भन्दै विरोध भएपछि गत माघ अन्तिमको चौंथो नगरसभाले ठेक्का रद्द गर्ने निर्णय गरेको थियो ।

निर्णय अनुसार पूर्वाधार सडक सेवा शुल्कको नाममा उठाउँदै आएको करको ठेक्का रद्द गरिएको छ । निर्णय भएको करीब २ हप्तापछि कार्यान्वयनमा आएको छ । उपमहानगरका आर्थिक प्रशासन तथा राजस्व महाशाखाका लेखा अधिकृत भेषराज अधिकारीले डेढ लाखसम्मको टेण्डर नगरी सीधै ठेक्का दिन मिल्ने आर्थिक नियमावली भएकोले तीनकुने नाका करारमा ठेक्का दिएको बताए ।

सहायक नाका मध्येको ३ ओटा नाका रू. २१ लाखमा ठेक्का लगाइएको तर मुख्य नाका तीनकुने डेढ लाखमा मात्रै ठेक्का लगाउनुमा कर्मचारीको मिलेमतो भएको कार्यपालिका सदस्यहरूको दाबी छ । ट्रक ढुवानी संघलाई दिएको भनिए पनि यो ठेक्का खड्काले व्यक्तिगत नाममा विगत ४ वर्षदेखि करारमा लिँदै आएका थिए ।

व्यवसायी खड्काले आफूमाथि लागेको आरोप झूटो भएको दाबी गरे । ‘कानून विपरीत भएको भए मलाई अहिलेसम्म कसैले न पत्र पठाएर भनेको छ, न मौखिक रूपमा नै भनेको छ । ममाथि त्यसै आरोप लगाइएको हो,’ उनले भने । उनका अनुसार ढुवानीको गाडीलाई २० रुपैयाँ र विदेशी गाडीलाई सय रुपैयाँको रसिद काट्ने गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्