उर्लाबारीमा मिस धिमालको फाइनल आज , २० जना युवतिहरु बिच प्रतिशपर्धा हुने

<span class='c1'>उर्लाबारीमा मिस धिमालको फाइनल आज ,</span> <span class='c2'>२० जना युवतिहरु बिच प्रतिशपर्धा हुने</span>

उर्लाबारी फाल्गुन १७ ,

मोरङको उर्लाबारी अठियाबारीमा आज फागुन १७ गते उर्लाबारी-८ न्यु भिजन एकाडेमि परिसरमा मिस धिमाल २०१९ को फाइनल हुने भएको छ ।
अल्पसंख्यक धिमाल समुदाय भित्र रहेको धिमाल युवतिहरुको प्रतिभा प्रष्फुटन तथा क्षमता अभिबृद्धि गर्ने उद्देस्यले मिस धिमाल २०१९ आयोजना गरिएको हो । धिमाल जातीय विकास केन्द्रको भातृ संगठन धिमाल विद्यार्थी माञ्चको आयोजना र उर्लाबारीको सेन्टरल फेसन हबको कार्यक्रम म्यनेजमेन्टमा भएको संयोजक सुनिल धिमालले जानकारी दिए । जम्मा ५० जनाले अडिसन दिएका मध्ये २६ जना छनौट भएका थिए ।

छनौट हुनेक्रममा फाइनलमा विभिन्न क्षेत्रका २० जना युवतिहरु बिच प्रतिशपर्धा हुने भएको छ । मिस धिमालको ताज रनिङ रहने र चाँदीबाट निर्माण गरिएको हो । मिस धिमाल विजेताले नगद १ लाख लगायत अन्य पुरस्काहरु, फस्ट रनरअपले ५० हजार नगद लगायत अन्य पुरस्काहरु, सेकेण्ड रनरअपले ३५ हजार नगद लगायत अन्य पुरस्काहरु रहेको जानकारी गराए ।

त्यस्तै मिस ट्यालेन्ट, पब्लिक च्वाइ, मिस क्यटवक, मिस एक्टिभ, मल्टिमिडीया एवार्ड, मिस पर्सानालिटी, मिस फोटो जेनिक, बेष्ट स्माइल यी आठ वटा सव टाइटलमा नगद सहित पुरस्काहरु रहेको आयोजकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्