पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था चिन्ताजनक

पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था चिन्ताजनक

काठमाडौँ फाल्गुन १७ ,

पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । अधिकारीको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भेन्टीलेटरमा उपचार भइरहेको छ । चिकित्सकलाई उद्धृत गर्दै उनका स्वकीय सचिव महेश विष्टले भने, 'उहाँ (अधिकारी) दुई दिनअघिसम्म बोल्ने, हात चलाउने गर्नुहुन्थ्यो तर शुक्रबारदेखि अचेत हुनुभएको छ ।'

तीन दिनअघिसम्म होसमा रहेका अधिकारीलाई बिहीबारदेखि भेन्टीलेटरमा राखिएको छ । दुई हप्ताअघि बिरामी परेका अधिकारीको उपचारमा वरिष्ठ चिकित्सकहरु भगवान काइराला, अर्जुन कार्की, राजु पंगेनी, मानबहादुर केसी र मुकुन्द शर्मा संलग्न छन्। (कान्तिपुर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्