नेपाल–भारत सिमा जोगवनीमा नेपाली उपभोक्तामाथि भारतीय कस्टमकाे दुर्व्यवहार

नेपाल–भारत सिमा जोगवनीमा नेपाली उपभोक्तामाथि भारतीय कस्टमकाे दुर्व्यवहार

शिवम मिश्र (प्रशान्त)
बिराटनगर, १७ फागुन ।
नेपाल भारत सिमा क्षेत्र जोगवनी नाकामा नेपाली ग्राहकले दुख पाउने कुरा सामान्य भइसकेको छ । पछिल्लाे समय यस्ता घटना कमै हुने गरेकाे भएपनि भारतीय अधिकारीहरुले सिमा क्षेत्रमा नेपाली ग्राहकलाई फेरी दुख दिँन थालेका हुन् ।  सिमा क्षेत्रमा चेक जाचको बहानामा नेपालबाट सामान गरिद गर्न जोगवनी जाँदा भारतीयले नेपाली ग्राहकसँग रकम असुल्ने गरेको आरोप लागेको हो ।

बुधबार बेलुकी जोगवनीबाट सामान किनेर नेपाल तर्फ फर्कँदै गरेकी महिलासँग भारतीय कस्टमका अधिकारीले सामान खोसेर पैसा मागेको घटना फेरी सार्बजनिक भएको हो ।
ति महिलाले ल्याएको ३ वटा साडी भारतीय कष्टमका अधिकारीहरुले खोसे पछि बिवाद भएको थियो । पैसा नदिँदासम्म खोसेको साडी नदिएको ति महिलाले सार्बजनिक गरकी हुन् । तर उनले आफ्नो नाम भने बताईकी छैनन् ।
अवैध रूपमा पैसा मागेपछि ईटहरीकी पीडित महिला श्रीजना कार्कीलले पसलमा फोन गरेर जानकारी दिँदा समेत भारतीय कष्टमका अधिकारीले अटेर गरेका थिए । घटना भएको केही बेरपछि स्थानीय केही ब्यापारीे गान्धी चोकमा भारतीय कष्टमकोे बिरोधमा प्रदर्शन समेत गरेका थिए । पटक पटक उपभोक्तालाई दुख दिएको भन्दै स्थानीयले बिरोध गरेपछि ति कष्टमका अधिकारीले कार्कीको सामान फिर्ता गरेका थिए ।
भारतीय कष्टमका अधिकारीहरु लाल महतो, धर्मेन्द्र सिंह र कमल नारायण सिंहले कार्कीको सामान खोसेर गायब पारेका थिए । तर स्थानीय ब्यापारीको दवाव पछि लाल महतोले माफी मागेर सामान फिर्ता गरेका थिए ।
प्रदर्शनपछि माफी माग्दै उनको सामान फिर्ता गरेको जोगवनी बजार संघका सदस्य मन्टु भगतले जानकारी दिए । उनले पटक पटक उपभोक्तालाई दुख दिँदा ब्यापारीलाई नै समस्या हुने उनको भनाई छ ।
संघका सदस्य कमल तापाडियाले जोगवनीमा ९० प्रतिशत नेपाली ग्राहकबाट चलेको भन्दै यस्ता घटना पटक पटक दोहोरीने गरेकोले ब्यापारी नै आन्दोलनमा लाग्नु परेको बताए । यदी नेपाली ग्राहकलाई दुख दिने हो भने जोगवनी बजार ठप्प हुने उनले बताए ।
भारत–नेपाल समाजिक साँस्कृतिक मञ्चका अध्यक्ष राजेश कुमार शर्माले भारतीय कष्टोमबाट भएको सामान खोसेर पैसामाग्ने काम अत्यन्त निन्दनीय भएको बताए । बिराटनगरबाट जाजेगवनीमा सामान खरिद गर्न जाने दर पछिल्लो समय घट्नै जान थालेको छ ।
बिराटनगरमा ठुला सुपर मार्केट संचालनमा आउन थालेपछि जोगवनी जाने ग्राहकमा कमी आएको छ। ग्राहक घट्नै गएको अबस्थामा जाने ग्राहकलाई पनि दुब्र्यवहार गर्दा गलत सन्देश जाने भन्दै स्थानीय भारतीय कष्टोममाथि जाई लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्