सडक निर्माणमा ठेकेदारको मनपरी, रंगेली–कानेपोखरी सडकमा पुरानै कल्भर्टमा संरचना निर्माण

सडक निर्माणमा ठेकेदारको मनपरी, रंगेली–कानेपोखरी सडकमा पुरानै कल्भर्टमा संरचना निर्माण

रबिन्द्र बराल
रंगेली, १७ फागुन ।
मोरङको रंगेली–कानेपोखरी सडकखण्डमा पुुरानै कल्र्भडको संरचनामा जोडेर नयाँँ कल्र्भड निर्माण भएको छ । निमार्ण कम्पनीले अधिकांस ठाउँमा पुरानै कल्भर्टमा नयाँ जोडेर बनाएको हो । रंगेली नगरपालिका र कानेपोखरी गाउँ पालिकामा चारवटा पैनी तथा खोल्साहरुका पुुरानो कल्र्भडको संरचनामा नयाँ कल्भर्ट निर्माण गरेको हो ।

कानेपोखरी–रंगेली सडकखण्ड अन्तरगत भौसाबारी, केरौन, युवा चोक र रंगेली नगरपालिका ८ स्थित वेदमारी खोल्सामा कल्भर्ट निर्माणको काम भएको हो । बर्षौ अगाडि निर्माण भएको कल्र्भटमा नयाँ जोडेर बनाउँदा कम खर्चिलो हुने भएपछि यसरी निर्माण गरेको स्थानीयले आरोप लगाका छन् । स्थानीयले पटक पटक यसो नगर्न भन्दा समेत वेवास्ता गर्ने गरेको आरोप लगाए । यसरी बनाईएको संरचना एकदमै कमजोर र कमशलकोक ाम भएको उनीहरुको भनाई छ ।
पुराना संरचना ईटाको भरमा बनाईएको भएपनि अहिले बनेका संरचना नयाँ प्रबिधि अनुसार बनाईएकोले पुरानो र नयाँ एकै ठाउँमा जोडेर बनाउनै नहुने कानेपोखरी गाउँपालिकाका स्थानीय हर्ष राईले बताए ।
अधिकांश पुरानो कल्भटमा तलको भागमा ईट्टाको भरमा अडिएको छ । तर रकम अभाबको कारण देखाउदै पुरानै कल्भर्टमा जोडेर नयाँ कल्भट बनाउँदा आफुलाई चित्तै नबुझेको उनको गुनासो छ ।
लामा डाँफे द कन्चनजंघा कन्ट्रक्सनका प्रोजेक्ट कन्सल्ट्यान्ट प्रमुख प्रविण शेर्पाले बजेट अभावमा काम पुरनोसँग जोडेर बनाईएको बताए । नेपाल सरकारले रंगेली वडा नम्बर ७ को बक्राहा पुल देखि भारतीय सिमानासम्म सडकको नाला वनाउने  सम्झौता गरेकाे थियाे। ४ किलोमिटर सडकमा भने कालो पत्रेको योजना नभएको हुनाले पुरानो कल्भर्टमा जोडेर नयाँ बनाईएको दाबी ठेकेदार कम्पनीको छ । उनले भएको कल्भर्टलाई नभत्काई नयाँ कल्भर्ट बनाएर आफुहरुले उक्त रकम कालोपत्रेमा हालेको बताए ।
तर यसरी बनाईएको कमशल संरचनामा कसैको पनि ध्यान गएको छैन । अहिले निर्माण भएका कल्भर्ट तथा संरचनाहरु चाँडै भत्किने अबस्थामा पुगग्नेमा स्थानीय चिन्तित छन् ।
रंगेली देखि कानेपोखरीसम्म २४ दशमलव ४ किलोमिटर रहेको छ । सो सडक निर्माणको लागि ७० करोड २४ लाख ३१ हजार ६ सय ७९ रुपैयाँमा ठेक्का लागेको थियो । काम सकिँदै जाँदा ठेकेदारले मनपरी काम गर्न थालेको छ ।
२०७४ असार ६ गते जिम्मेवारी ठेकेदार कम्पनीकाे  २०७६ असार ५ गते सम्मको समयाबधि रहेको छ । रंगेली देखि कानेपोखरी सडकमा अहिले तिव्र गतिमा माटो र गिट्टि हाल्ने काम अन्तिम अवस्थामा पुगेको छ भने अबको केही साता भित्र सो सडकमा कालोपत्रेको तयारी भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्