विराटनगरको सिएमजी स्वस्थ क्लवलाई खेल सामाग्री प्रदान

विराटनगरको सिएमजी स्वस्थ क्लवलाई खेल सामाग्री प्रदान

विराटनगर, १७ फागुन । मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रदेश १ का अध्यक्ष तथा नेकपा मोरङका युवा नेता सागर थापाले सिएमजी स्वस्थ क्लवलाई खेल सामाग्री प्रदान गरेका छन् ।

शुक्रबार थापाले क्लवलाई १५ हजार मुल्य बराबरको खेल सामाग्री हस्तान्तरण गरेका हुन् । ति खेल सामाग्री क्लवका अध्यक्ष किशोर धमला, उपाध्यक्ष रोहित कोइराला, कोषाध्यक्ष शिवराज राईलगायतले बुझेका थिए ।
खेल सामाग्री हस्तान्तरण गर्दै अध्यक्ष थापाले खेलकुदले युवापुस्तामा सकारात्मक र एकताको भावना बिकास गर्ने विश्वास ब्यक्त गरे । उनले खेलकुदमा हुने एकता, लगनशिलता, अनुशासन र सकारात्मक प्रतिष्पर्धालाई सवै क्षेत्रमा अवलम्बन गर्न सके राष्ट्रिय नारा ‘समृद्ध नेपाल र सुखी नेपाली’लाई समेत सार्थक बनाउन सहयोग पुग्ने धारणा ब्यक्त गरे । उनले मदन भण्डारी स्पोर्ट्स एकेडेमीले खेलकुदका क्षेत्रमा यस्ता सहयोग निरन्तर गर्दै जाने बताए ।
अध्यक्ष थापाले प्रदेश १ खेलकुदका क्षेत्रमा अग्रणी रहेको चर्चा गर्दै यो गरिमा सदैव कायम राख्न स्पोटर््स एकेडेमी योजनाबद्ध रुपमा अघि बढेको बताए ।
क्लवका अध्यक्ष किशोर धमलाले खेल सामाग्री प्रदान गरि खेलकुदमा निरन्तर लाग्न हौसला प्रदान गरेको भन्दै युवा नेता थापालाई धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्