विराटनगरको बाल माबिमा दाताको सहयोग, डेक्सबेन्च देखि कम्प्युटर र ल्यापटपसम्म

विराटनगरको बाल माबिमा दाताको सहयोग, डेक्सबेन्च देखि कम्प्युटर र ल्यापटपसम्म

विराटनगर , १७ फागुन । विद्यालयमा डेक्स वेन्चको अभाव भईरहेको वेला विराटनगर १३ सैनिक टोलमा रहेको श्रीबाल माध्यमिक विद्यालयलाई फर्निचर तथा शैक्षिक सामाग्री हस्तान्तण गरिएको छ । विराटनगर १२ र १३ मा रहेका समाजसेवी तथा दाताहरुले शुक्रबार विद्यालय परिसरमा एक कार्यक्रम विच विद्यालयलाई फर्निचर तथा शैक्षिक सामाग्री हस्तान्तण गरेका हुन् ।

विद्यालयलाई २८ थान डेक्सवेन्च हस्तान्तण गरिएको विद्यालयका प्रधानाध्यापक गोविन्द गजुरेलले जानकारी दिए । विद्यालयलाई कमल लामा तामाङ, सुनमाया तामाङ, संजुमाया तामाङ, सागर शर्मा अस्मिता पाण्डे लगायतले सयुक्त रुपमा डेक्स बेन्च हस्तान्तण गरेका थिए ।
यसैविच विद्यालयलाई कक्षा कोठामा आबस्यक पर्ने ४ थान ह्वाईट बोर्ड विराट विकास मंचका सुधिर श्रेष्ठ, माधव अर्यालले सहयोग गरे । समाजसेवी कृष्णबहादुर. तामाङ्गले एक लाख बराबरको अक्षय कोष स्थापना गरेका छन् । कोषमा जम्मा भएको बार्षिक व्याजले विद्यालयका जेहेन्दार विद्यार्थीलाई छात्रावृति समेत प्रदान गरिने प्रधानाध्यापक गजुरेलले बताए ।
विद्यालयलाई यस अघि दिपक कर्ण र मनिष कर्णले एक थान कम्प्युटर, एक थान प्रोजेक्टर,ल्यापटक र ३ जना विद्यार्थीलाई दश हजारको दरले छात्रवृति प्रदान गरेका थिए । साथै सौगात सहकारी वचत तथा ऋण सहकारी सस्थाका बद्रि न्यौपाने, छत्र वहादुर तामाङ र अनुप स्याङबोले विद्यालयलाई चााहिने ह्वाईट वोर्ड, पानी टंयाकी पंखा र खेलकुद सामाग्री हस्तान्तण गरे ।
विद्यालयलाई जग्गा दिएर सहयोग गर्ने जग्गादाता सुर्यलाल यादव परिवार तथा विद्यालयलाई सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो । २०२० सालमा स्थपना भएको विद्यालयमा हाल दुई सिफ्टमा ८ सय विद्यार्थी अध्ययन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्