विराटनगरबाट १३५ जना प्रशिक्षार्थी प्रहरी जवान दिक्षित, उर्जाका साथ कार्य क्षेत्र प्रवेश

विराटनगरबाट १३५ जना प्रशिक्षार्थी प्रहरी जवान दिक्षित, उर्जाका साथ कार्य क्षेत्र प्रवेश

विराटनगर, १७ फागुन।  १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानीमा प्रहरी जवान आधारभुत तालिम १३६ औं समूहको  दिक्षान्त समारोह सम्पन्न भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालको प्रमुख आतिथ्यतामा प्रहरी जवान आधारभूत तालिम अन्तरगत १३६ औं समूहको दिक्षान्त समारोह सम्पन्न भएको हो । गत जेठ २६ गते देखि  फाल्गुन १६ गते सम्म संचालन भएको प्रहरी जवान आधारभूत तालिममा  १३५ जना प्रशिक्षार्थी प्रहरी जवान दिक्षित भएका हुन् ।

कार्यक्रममा तालिम अवधि भर लिईएको चरणगत परिक्षाको प्राप्ताङका आधारमा विभिन्न १० विधामा उत्कृष्ट भएका प्रशिक्षार्थीहरु लगायत प्रशिक्षणमा संलग्न उत्कृष्ठ ३ जना प्रशिक्षकहरुलाई कार्यक्रमका प्रमुख अतिथी  डिआईजी केदार रिजालले प्रमाणपत्र तथा नगद पुरस्कारद्वारा पुरस्कृत गरेका थिए ।  पुरस्कार बितरण पश्चात कार्यक्रममा बाेल्दै डिआईजी रिजालले स्वेच्छाले प्रहरी सेवा रोज्ने दिक्षित प्रहरी जवानहरु र प्रहरी संगठनमा आबद्ध हुन उत्प्रेरीत गर्ने  उनीहरुका परिवारजनलाई धन्यवाद दिएका थिए ।   करिव १० महिनाकाे अवधिमा तालिम केन्द्रमा सिकेका ज्ञान सिपहरु प्रहरी जीवनको आधारभूत र अमुल्य नीधि भएकाले सिकेका व्यवसायिक ज्ञानहरुलाई जिवनको हरेक मोडमा मार्गदर्शनको रुपमा स्मरण गर्न अनुरोध गरे ।

निर्देशनकै क्रममा  रिजालले आफ्नो कार्य क्षेत्रमा राम्रा-नराम्रा, तिता मिठा, शुभ-अशुभ धेरै कुराहरु र परिस्थितीको सामना गर्नु पर्ने भएकोले आफ्नो ब्यबसायिक जिम्मेवारी , उत्तरदायित्व र जवाफदेहिता बहन गर्दे असल प्रहरी बनेर जनताको मन जित्ने कार्यहरु गर्न समेत निर्देशन दिए ।  दिक्षान्त समारोहमा प्रशिक्षार्थीहरुलाई तालिम केन्द्रका  प्रहरी वरिष्ठ उपरीक्षक सहकुल बहादुर थापाले  सपथ ग्रहण गराएका थिए । समारोहमा बरिष्ठ प्रहरी अधिकृतहरु, प्रदेश स्तरीय अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, उद्योगी ब्यवसायि, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, पूर्व प्रहरी कर्मचारीहरु, दिक्षित भएका प्रशिक्षार्थी प्रहरी जवानहरुका परिवारजन, पत्रकार , जुनियर प्रहरी अधिकृत तथा प्रहरी जवानहरु गरी करिव  पाँच सय   भन्दा बढिको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्