विराटनगरकाे नोबेलमा बिद्यार्थीहरुको खेलकुद उत्सव सुरु

विराटनगरकाे नोबेलमा बिद्यार्थीहरुको खेलकुद उत्सव सुरु

विराटनगर, १८ फागुन । हरेक बर्ष हुदै आएको ‘नोबेल स्पोर्टस फियस्टा’ सुरु भएको छ । नोबेल मेडिकल कलेजमा चिकित्सा शिक्षा अध्ययन गर्दै आएका बिद्यार्थीहरुका बिच ८ दिने खेलकुद उत्सव शुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका प्रबन्ध निर्देशक इन्दिरा शर्माले बिद्यार्थीहरुका लागि पढाईसँगै खेलकुदको पनि उत्तिकै महत्व रहेको बताईन् । त्यस्तै नोबेल मेडिकल कलेजका शैक्षिक बिभाग निर्देशक एजी सिंहले पढाईसँगै खेलकुद क्रियाकलाप पनि सञ्चालन गर्दा बिद्यार्थीहरुलाई शारिरीक र मानसिक हिसावले फलदायी हुने बताए ।
एमवीवीएस, वीडीएस र वीएस्सी नर्सिङ २०१६ ब्याचका बिद्यार्थीहरुले आयोजना गरेको फियस्टामा करिव एक दर्जन प्रतियोगिता सञ्चालन हुदैछन् । फियस्टामा फुटवल, क्रिकेट, भलिवल, फुटसल, ब्याडमिन्टन, म्याराथन, चित्रकला, कविता, निवन्ध लगायत प्रतियोगिता हुने आयोजकले जनाएको छ ।।
नोबेलमा एम्डी, एमएस, एमवीवीएस, वीडीएस, वीएस्सी नर्सिङ, स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन, डिफार्म लगायत संकायमा करिव २ हजार बिद्यार्थी अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्