विराटनगर महानगरपालिकाका प्रमुख प्रशासक दाहाल भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा

विराटनगर महानगरपालिकाका प्रमुख प्रशासक दाहाल भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा

विराटनगर, १८ फागुन ।   सरकारले संघमा समायोजन भएका ६ सय ७६ जना सहसचिवको पदस्थापन गरेको छ । पदस्थापन गर्ने क्रममा अधिकांश सहसचिवको यथास्थानमा पदस्थापन भएको छ भने झन्डै दुई दर्जन सहसचिवको सरुवा भएको छ ।
सरकारले यसअघि ५७ जना सचिवको केन्द्रीय सरकारमै पदस्थापन गरिसकेको छ । पछिल्लोपटक बसेको मन्त्रिपरिषद् बैठकले झन्डै दुई दर्जन सहसचिवको सरुवा गर्दै बाँकीलाई हाल कार्यरत रहेकै स्थानमा समायोजन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगाललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ । यसैगरी, प्रदेश ५ का स्थानेश्वर गौतम र सहसचिव तुलसी सेढाईलाई पनि अर्थ मन्त्रालयमा सरुवा गरिएको छ । यस्तै, गृह मन्त्रालयका तारानाथ अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ । अर्थ मन्त्रालयका नारायण सापकोटालाई वन तथा वातावरण मन्त्रालयमा सरुवा गरिएको छ ।

भूमिसुधार मन्त्रालयका शिवकुमार कार्कीलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार दाहाललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ । यस्तै, वीरगन्ज महानगरपालिकाका भीष्म भुसाललाई श्रम मन्त्रालयमा, वाणिज्य तथा आपूर्ति मन्त्रालयका तोया ज्ञवालीलाई राष्ट्रिय योजना आयोगमा, गण्डकी प्रदेशका तोयानारायण सुवेदीलाई लोकसेवा आयोगमा, काठमाडांै महानगरपालिकाका डा. टोकनारायण पाण्डेलाई भूमिसुधार मन्त्रालयमा, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका भुवन आचार्यलाई प्रदेश १ मा सरुवा गरिएको छ । यसैगरी, प्रदेश १ का वासु शर्मालाई समावेशी आयोगमा, हेटौंडा उपमहानगरपालिकाका पुष्पराज शाहीलाई उद्योग मन्त्रालयमा र जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश ढुंगानालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ । सरकारले काठमाडांै महानगरपालिकामा रहेको प्रशासनतर्फ सहसचिवको दरबन्दी खारेज गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्