विराटनगर विमानस्थल शौचालयको बिजोग, जहाँ आएको शौच पनि रोकिन्छ (भिडियो रिपोर्ट)

विराटनगर विमानस्थल शौचालयको बिजोग,  जहाँ आएको शौच पनि रोकिन्छ (भिडियो रिपोर्ट)

प्रेम देवान ।
विराटनगर १८ फागुन । विराटनगर विमानस्थलको आगमन कक्षमा काठमाडौैबाट फर्किँदै गरेका शंकर प्रधान सौच गर्न गए । उनी त्यहाँको अबस्था देखेर त्यतिकै फर्किए ।

शौचालयमा जान सक्ने अबस्था नभएपछि उनी भित्रै नगई नै फर्किएका हुन् । शौचालयको अबस्था जानै नहुने खालको भएपछि उनी शौचालय भित्रै छिर्न सकेनन् अनी फर्किए ।उनले भने, ‘शौचालय सफा हुनु पर्ने तर सबै भरिएर बाहिर निस्किएपछि त्यहाँ बस्ने ठाउँनै नभएकोले फर्किएको हुँ ।’

काडमाडौँबाट विराटनगर आएका पर्शुराम कार्की पनि शौचलय छिरे, तत्कालै निस्किए । शौचालयको दृष्य देखेर मुखै विगार्दै बाहिरिँदै गरेको उनले शौचालयको सामान्य सरसफाईमा समेत ध्यान नदिएको बताए । शौचालय नियमित सरसफाईमा ध्इान नजानु नै शौचालय जान नसक्नुको कारण भएको अधिकांश त्यहाँ गएर फर्किने सर्बसाधारण बताउँदै थिए ।
शौचालय गएका उनीहरुको मात्र समस्या हैन अधिकांशको समस्या उस्तै नै थियो । यसको कारण भनेको भरिएको शौचालय सरसफाई नहुनु हो । काठमाडौ र पोखरा पछिको ब्यस्त विराटनगर बिमानस्थलमा दैनिक सयौँ यात्रुको आवत जावत हुन्छ । तर यदी शौचालय जानु पर्ने अबस्था आयोभने शौचालय गईसक्नु छैन ।
ओबी टिम शौचालयको रिर्पोटिङको क्रममा त्यहाँ पुग्दा धेरै यात्रु त्यहाँको नाक र मुख थुन्दै बाहिरिएका थिए । विराटनगर विमानस्थल आगमन कक्ष बाहिर रहेको शौचालय पनि उस्तै अवस्थामा रहेको भेटिएको छ । दुर्गन्धका कारण जानै सक्ने अबस्था छैन । शौचालय भित्रको दृष्य देख्नेवितिकै अचानक वान्ता होला कि भन्ने अवस्था छ । विराटनगर विमास्थलमा स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गर्दछन् । २०२० लाई पर्यटन वर्ष मनाउने तयारी गरिरहँदा यस्ता सामान्य कुरा पनि विमानस्थल जस्तो ठाउँमा ठुलो कुरा हुनसक्छ ।
यसबारेमा बिराटनगर विमानस्थलका कर्मचारी अर्को शौचालयको तयारीमा रहेकोले तत्काललाई समस्या जस्तो देखिएको बताउँछन् । विमानस्थलका प्रबन्धक भेषराज अधिकारीले शौचालय भरिएको कारण समस्या भएको स्वीकारे । सुचना टाँसेर जानकारी दिनु पर्नेमा त्यो गर्न नसकेकोमा आफुहरुको कामी कमजोरी भएको उनले बताएका छन् ।

https://www.facebook.com/ourbrt/videos/290295111642023/?eid=ARC5KiNlzMCfviK20sQrvwaIujHw5LS9-FKkNjoaiy8a9WfADDQRKr34X8tKQJA8BPLUT5H951LiMgKV

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्