उदयपुरमा यस्तो : ओढ्ने सिरकको निहुँमा भनाभन हुँदा छुरा प्रहार गरी भाइले गरे आफ्नै दाजुको हत्या

उदयपुरमा यस्तो : ओढ्ने सिरकको निहुँमा भनाभन हुँदा छुरा प्रहार गरी भाइले गरे आफ्नै दाजुको हत्या

उदयपुरमा भाइले आफ्नै दाइको हत्या गरेका छन् । जिल्लाको कटारी नगरपालिका ३ मा भाइले छुरा प्रहार गरेर दाजुको हत्या गरेका हुन् । मृतकका श्रीमती विमला मगरले राति सुत्ने बेला ओढ्ने सिरकको निहुँमा भनाभन भएपछि भाइले छुरा प्रहार गरेको बताएकाे प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय कटारीका अनुसार बुधवार राति २० वर्षीय बुद्धिराम मगरले ४२ वर्षीय दाजु रामबहादुर मगरलाई छुरा प्रहार गरेका हुन् । मगरेको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

दुवैजनाले मादक पदार्थ सेवन गरेका कारण झगडा भएको प्रहरीको भनाइ छ । बिहीबार मृतकका बुद्धिरामलाई प्रहरीले कटारीबाटै नियन्त्रणमा लिएको र अहिले म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्