ताप्लेजुङमा पिकअप भ्यानले ठक्कर दिँदा पैदलयात्री महिला घाइते

ताप्लेजुङमा पिकअप भ्यानले ठक्कर दिँदा पैदलयात्री महिला घाइते

ताप्लेजुङ, फागुन १८ गते ।

ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारको तोक्मेडाँडामा शनिबार बिहान ९ बजेतिर भएको सवारी दुर्घटनामा परी एक महिला गम्भीर घाइते हुनुभएको छ । मे १ ज ३२०७ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा पैदलयात्री जिल्लाको मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रा घर भई हाल फुङ्लिङबजारको भेटेनरीचौकमा बस्दै आउनुभएकी ५२ वर्षीया टङ्कलक्ष्मी चोङ्बाङ (लिम्बू) घाइते हुनुभएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख, प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापाका अनुसार पिकअप भ्यान सडक छेउमा रोकेर चालक ओर्लंदै गर्दा अचानक पैदलयात्री लिम्बूलाई ठक्कर दिएको हो । पिकअप भ्यान सडकदेखि करिव पाँच मिटर तल झरेर पल्टिएको छ ।
यता घाइते लिम्बूको बायाँ खुट्टा भाँचिएको र उहाँको जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालतर्फ पठाइएको प्रनाउ थापाले बताउनुभयो । चालक प्रहरीकै सम्पर्कमा रहेको पनि उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्