इलामको चिया बगानमा सुरु गरियो रवर खेती

इलामको चिया बगानमा सुरु गरियो रवर खेती

इलाम फाल्गुन १८ ।

सरकारबाट ५० वर्षका लागि चिया वगान लिजमा लिएको संघाइ समूहले इलामको चिलिमकोटसँगै सोक्तिम चिया बगानमा रवर खेती विस्तार गरेको छ ।

रबर खेतीमा श्रमिक कम लाग्ने र कच्चा रबरको बजारसमेत खोज्न सजिलो भएकाले संघाइ समूहले रबर खेती विस्तार गरेको हो । विगत तीन वर्षदेखि समूहले कच्चा रवर उत्पादन शुरु गरेको छ ।

चिलिमकोट चिया बगानमा एक सय ६३ हेक्टर क्षेत्रफलमा ७४ हजार रवरका विरुवा लगाइएको छ । यस्तै सोक्तिम चिया बगानमा दुइ हजार पाँच सय विरुवा लगाइएको छ ।

यी रवरका रुखबाट खोटो उत्पादन हुन थालेको तीन वर्ष भइसकेको छ । संघाइ समूहका कर्मचारी ट्यापिङ डेमोस्टेट्रेर राजु पौडेलका अनुसार यो वर्ष मात्र कच्चा रवर विक्रीबाट १४ लाख रुपैंयाँ आम्दानी भएको बताए ।

रबरको रुखबाट खोटो संकलन गरि त्यसलाई पकाएर कच्चा रबर बनाइन्छ । पकाएको रबर पातालाई धुँवामा सुकाइन्छ ।  कच्चा रबर कारखानामा प्रशोधन गरिन्छ ।

उत्पादित रबर मध्ये ७५ प्रतिशत ट्युव टायर बनाउन प्रयोग गरिने र अन्य २५ प्रतिशत प्लाष्टिकका सामान बनाउन प्रयोग गरिन्छ ।

इलाम बाहेक झापा, मोरड., सुनसरी जिल्लाका निजी क्षेत्रमा रबरको व्यवसायिक खेती गरिन्छ ।

इलाममा भने पहिलो पटक सरकारी चिया बगानमा रबर खेती शुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्