सप्तरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

सप्तरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको छन् । सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिकामा ट्रकको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार महिलाको मृत्यु भएका छ, भने मृतक महिलाका श्रीमान् र छोरा घाइते भएका छन् ।

पूर्व-पश्चिम सडकअन्तर्गत सप्तरीको बक्धुवा खण्डमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को.५प १६८७ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ट्रकले ठक्कर दिँदा करिब ३९ वर्षीया कपुरदेवी मण्डलको घटनास्थलमै मृत्यु भएको हाे ।

मालबाहक ट्रकले पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालक सप्तरीको बोदेबर्साइन नगरपालिका १ धनगढी घर भएका ४२ वर्षीय दुर्गानन्द मण्डल र उनका छोरा करिब १२ वर्षीय चेतनारायण मण्डल सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्