भरत मोहन अधिकारीलाई अब बचाउन सक्ने सम्भावना न्यूनः अस्पताल

भरत मोहन अधिकारीलाई अब बचाउन सक्ने सम्भावना न्यूनः अस्पताल

काठमाडौं, १८ फागुन ।  नेकपा नेता तथा पूर्वमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर रहेको उनी उपचाररत ह्याम्स अस्पतालले जनाएको छ ।

अस्पतालले शनिबार पत्रकार सम्मेलन गर्दै उनलाई बचाउन सकिने सम्भावना अत्यन्तै न्यून रहेको जनाएको हो । उनलाई अहिले भेन्टिलेटरमा राखेर रक्तचाप बढाउने औषधिहरुको प्रयोग गरिएको पनि अस्पतालको भनाई छ ।

‘आजको अवस्था अनुसार उहाँको सम्पूर्ण महत्वपूर्ण अंगहरुले काम गर्न छोड्दै गएको देखिन्छ र उहाँलाई कृतिम स्वासप्रस्वासको लागि भेन्टिलेटरमा राखिएको छ’, अस्पतालका डाक्टर भास्करराज पन्तले पत्रकार सम्मेमलनमा भने, ‘रक्तचाप बढाउने औषधिको प्रयोग गर्नुपरेको छ । वितेको २४ घण्टादेखि पिसाव भएको छैन । समग्रमा हाम्रो सम्पूर्ण प्रयासका बाबजुत उहाँलाई बचाउन सक्ने सम्भावना न्यून देखिन्छ ।’
अस्पतालले अधिकारीको उपचार जारी राखिएको पनि पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा जनाएको छ ।  फोटो र मुटुमा समस्या भएपछि अधिकारी सो अस्पतालमा तीन सातादेखि उपचाररत छन् ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्