माेरङकाे कानेपाेखरीमा करेण्ट लागेर कामदारको मृत्यु

माेरङकाे कानेपाेखरीमा करेण्ट लागेर कामदारको मृत्यु

विराटनगर,  १८ फागुन।  मोरङको कानेपोखरी गाउँपालिका-७ बरगाछीमा राजन तिम्सिनाको घरमा काम गर्ने क्रममा करेन्ट लागेर १ जना कामदारको मृत्यु भएको छ ।  १ जना घाईते भएका छन् ।

तिम्सिनाको घरको दोस्रो तल्लाको पिलरमा रड ठड्याउने क्रममा ११ हजार भोल्टको तारमा रडले छुनगई ज्यामि काम गर्ने  बेलबारी नगरपालिका-७ डाँगीहाट बस्ने बर्ष २० को  नबिन खवास र सोही रड समात्ने कानेपोखरी गाउँपालिका-७ बस्ने बर्ष ३५ को सागर तोलाङ समेतलाई करेन्ट लागेर  गंभिर घाईते भएका थिए । घाईते दुबै जनालाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगेकोमा उपचारको क्रममा पौने ७  बजेको समयमा सागरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्