सुनसरीको मधेलीमा ३२ करोडको लगानीमा शान्ति पार्क बन्दै

सुनसरीको  मधेलीमा ३२ करोडको लगानीमा शान्ति पार्क  बन्दै

सुनसरी , १८ फागुन  । जीवनलाई सकारात्मक बनाउँदै आध्यात्मिक जागरण र पर्यटन विकासको लागि सुनसरीको गढी गाँउपालिका–१, मधेलीमा ३२ करोड रुपैयाँको लगानीमा शान्ति पार्क निर्माण भइरहेको छ ।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले २ विगाह २ कठ्ठा १६ धुर जग्गामा शान्ति पार्क निर्माण गरिरहेको हो । ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले महाशिवरात्रीका अवसरमा आयोजना गर्न लागेको महाशिवरात्री शान्ति महोत्सवका बारेमा जानकारी दिन इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा शान्ति पार्क निर्माण कार्य शुरु भएको समेत जानकारी दिइएको छ ।

केन्द्रकी ब्रह्मकुमारी गितादीका अनुसार पार्कमा प्रदेश–१ कै सबैभन्दा ठूलो ३० फिटको शिवलिंग निर्माण गरिएको छ । त्यहाँ पिरामिड आकारको ध्यान कक्ष बनाइएको छ । २ हजार जना अट्ने क्षमताको हल बनाउने तयारी रहेको उनले बताइन् । ३ वर्ष भित्रमा पार्क निर्माण पूरा हुने बताइएको छ ।

पार्क निर्माणका लागि स्व. कुमार शमशेर थापाको स्मृतिमा उनकी श्रीमति किरण थापाले सो जग्गा निःशुल्क प्रदान गरेकी हुन् । महाशिवरात्रीका अवसरमा प्रदेश–१ का २२ ओटै सेवाकेन्द्रले संयुक्त रुपमा महाशिवरात्री शान्ति महोत्सव गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्