नेपाल मै पहिलो पटक बिराटनगरमा क्रिकेट लिगको तयारी, मैदान ब्यवस्थापन हुँदै

नेपाल मै पहिलो पटक बिराटनगरमा क्रिकेट लिगको तयारी, मैदान ब्यवस्थापन हुँदै

शिवम मिश्र(प्रशान्त)
बिराटनगर, १९ फागुन । नेपाल मै पहिलो पटक हुन लागेको महिला फ्रेन्चाईज क्रिकेट लिग प्रतियोगीताको मैदानको तयारी अन्तिम चरणमा पुगेको छ ।

बिराटनगर १९ मा बैजनाथपुरमा रहेको क्रिकेट रंगशालामा आगामी चैत्रको पहिलो हप्तादेखि प्रतियोगिता गर्ने तयारी छ ।
यतिबेला लिगका आयोजक समिति तथा मैदान व्यावस्थापन समितिले रंगशाला भित्र पिच बनाउने, खाल्डाखुल्डी पुर्ने ,घेराउ गर्ने जस्ता कार्य धमाधम गरिहेका छन् ।
लिगका कोर्डिनेटर जनक न्यौपानेका अनुसार टुर्नामेन्टका लागि सम्पुर्ण प्राविधिक कार्य सकिएको छ । अहिले मैदानको ब्यवस्थापनको काम भईरहेकोले तिन हजार दर्शक अटाउने गरि प्याराफिट निर्माणको कार्य धमाधम भईरहेको उनले बताए । उनले नेपालमा पहिलो पटक हुन लागेको यो टुर्नामेनटले नेपालको महिला क्रीकेटमा नयाँ अभ्यास साबित हुने सुनाए । यसले महिला क्रीकेट खेललाइ प्रोत्साहन दिने बताए । यसले नयाँ महिला क्रीकेट टिममा थप उर्जा थप्ने उल्लेख गरे । सबै जनाले हेर्न सक्ने गरि टुर्नामेन्टको लागि टिकट दर .५० रुपैयाँ मात्र राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्