मगमग झापा गोल्डकपको चौथो संस्करण शुरु, झापाकाे विजयी शुरुवात

मगमग झापा गोल्डकपको चौथो संस्करण शुरु, झापाकाे विजयी शुरुवात

बिर्तामोड ।  झापा गोल्डकपको चौथो संस्करण शुरु भएकाे छ ।  आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रतियाेगिताकाे उद्घाटन गरेका हुन् । झापामा जारी प्रतियाेगितामा मगमग झापा ११ ले पोखराको सहारा क्लबलाई दुइका बिरुद्ध शुन्य गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । झापाले  हङकङ नेप्लीज एकाडेमी क्लबसँग प्रतिष्पर्धा गर्ने छ । झापाको जितका लागि सब्सिच्युट खेलाडी सञ्जोग राई नायक बने ।

खेलको ३५ औ मिनेटमा कप्तान कर्ण लिम्बुलाई बिस्थापन गर्दै मैदान प्रवेश गरेका राईले एक गोलमा पास गरेका थिए भने अर्काे गोल आफैले गरेका थिए । खेलको ३६ मिनेटमा मैदान प्रवेश गरेका राईले खेलको ४० मिनेटमा झापाका लागि बिदेशी खेलाडी काजिम बुखारीलाई पास मिलाएका थिए ।

डि एरियाभित्र पाएको पासलाई अनमार्क रहेका बुखारीले पोष्टको दिसा दिएका थिए । खेलको ४५ औ मिनेटमा योगेश गुरुङको पासलाई बिपक्षी पोष्टको बाँया बार च्याप्दै गरेको गोलले जाली चुमेको थियो । खेलको ६१ औं मिनेटमा काजिम बुखारीले वान भर्सेस वानका अवसरलाई पनि सदुपयोग गर्न सकेनन । उनको प्रहार फ्रेमभित्र पर्न सकेन । ६३ औ मिनेटमा सञ्जोग राईको कडा प्रहार बिपक्ष गोलकिपरले रोकेका थिए । खेल अवधिभर झापालाई दवावमा राख्न सफल भएपनि पोखराले झापा बिरुद्ध कुनै आक्रमण गर्न सकेन । तीन बिदेशी खेलाडी सहित मैदानमा उत्रिएका दुबै टीमका एक एकजना खेलाडीले पहेलो कार्ड पाएका थिए ।

खेलको म्यान अफ दम्याच मगमग झापा ११ का सञ्जोग राई घोषित भए । उनले १५ हजार रुपैंया पुरस्कार पाएका थिए । दर्शकमध्येका शिबसतासीका भक्तिप्रसाद भण्डारीलाई लक्की डू बाट २० इन्चको हिमस्टार टिभी पाएका थिए । बिर्तामोडको हिम इलेक्टूोन्क्सिले सबै खेलमा लक्की डू गरेर एकजना भाग्याली दर्शकलाई एलइडी टिभी प्रदान गर्ने जनाएको छ । आइतबारको खेल शसस्त्र प्रहरीको एपीएफ क्लब र मोरङ ११ बीच हुने आयोजक समितिका संयोजक महेन्द्र गिरीले जानकारी दिए ।चुनौति दिनु मुस्किल परेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्