भेडेटारबाट ५ किलाे गाँजा सहित एक युवक पक्राउ

भेडेटारबाट ५ किलाे गाँजा सहित एक युवक पक्राउ

धनकुटा, १९ फागुन। धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट ५ किलाे गाँजा सहित १ युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान  ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरान तर्फ आउदै गरेको को.१६ प. ९६९४ नंम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेकाे हाे ।  मोटरसाईकलको पछाडी बाधेर राखिएको अबस्थामा साँगुरीगढी-८ का ३० बर्षीय अविनास राईलाई पक्राउ गरेको हो । गाँजा सहित पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा लगिएकाे प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्