भरतमोहनको राजनीति : विराटनगर जुटमिल्स आन्दोलनको प्रभाव, जोगवनीबाट कांग्रेसको पर्चा बोक्थे

भरतमोहनको राजनीति : विराटनगर जुटमिल्स आन्दोलनको प्रभाव, जोगवनीबाट कांग्रेसको पर्चा बोक्थे

विराटनग, १९ फागुन ।
बिक्रम संवत २००३ साल फागुन २० गतेदेखि विराटनगर जुटमिल्स र मोरङ कटन मिल्सका मजदुरहरुले आन्दोलन शुरु गरे । आठ घण्टा काम, चामल चिनी र कपडा सस्तोमा पाउनु पर्ने, बढ्दो महँगीको अनुपातमा ज्याला बढाउनु पर्ने तथा ट्रेड य्नियन अधिकारका कुरा पनि सँगै उठाएका थिए । त्यो बेला भरत मोहन अधिकारी जुद्ध हाईस्क्लमा पढ्थे ।
उनलाई त्यो बेलाको मजदुर आन्दोलनको ठुलो प्रभाव देखिन्थ्यो । नेपाली कांग्रेसका पहिलो सभापति मातृका प्रसाद कोईरालाका छोराहरु बिमल, कमलसँगको घनिष्ठताले उनीपनि कयौँपटक जोगवनीमा रहेकोले कांग्रेसको पार्टी कार्यालयमा गएका थिए ।

१५ अगष्ट १९४७ मा भारत स्वतन्त्र भएपछि पहिलो भारतको स्वतन्त्रता दिवस समारोह हेर्नको लागि उनीहरु योजना बनाएरै भारतको पुर्णिया गएका थिए । जब साँझ पर्थ्याे अनी भरतमोहन, विमल, कमल, आमोदप्रसाद उपाध्याय,रमेशजंग थापा लगायतका स्कुले बिद्यार्थी जोगवनी जाने अनी त्यहाँबाट कांग्रेस कार्यालयबाट पर्चा बोकेर ल्याउने काम गर्थे ।
२००७ सालमा हाईस्कुलमा बिद्यार्थीहरुले विराटनगरको श्री जुद्ध हाईस्कुल भनेर सिमेन्टले लेखेको स्कुलको बोर्ड ढुङ्गा हानेर फोरे । त्यही ला पुरानो नाम मेटाएर आदर्श नाम लेखेका थिए । त्यही बेला देखि बिद्यालयको नाम पनि आदर्श रहेको हो । अहिले पनि त्यही नामबाट बिद्यालय चलिरहेको छ । त्यही बेला बिद्यालयमा छात्र संगठन बनाएर त्यसको सभापति अधिकारी नै भएका थिए ।
बुर्जुवा शिक्षा पढ्न हुन्न, कम्युनिष्ट भएर हिड्नुपर्छ भन्ने अधिकारीमा थियो । त्यो हावा अधिकारीमा पनि पर्यो । उनले पडाई छाडे, घर त्यागे, पार्टीको निर्देशनमा काम गरे । उनका बुबाआमा डराएर पार्टीका नेता गुहारे र घर फर्काउन खोजे । त्यो बेलाका नेताहरु हरिहर उपाध्याय र नैनलाल बोहोरा लगायतले पनि पढ्न भनेपनि उनी फेरी पढ्न थालेका थिए ।
भारतको ईलाहाबादमा उच्च शिक्षा पढ्दा भारतीय कम्युनिष्ट पार्टीको ईलाहाबाद जिल्ला कमिटीको सम्पर्कमा रही अधिकारीले काम गरे । स्नातक पढ्न बनारस गए त्यहाँ नेपाली बिद्यार्थी मात्र भएकोले नेपाली छात्र संघ थियो । उनी अत्याधिक मत पाएर काँशी हिन्दु विश्वबिद्यालय नेपाली छात्र संघको महामन्त्रीमा चुनिए । त्यहाँ पार्टीको बनारस युनिट पनि थियो । बनारस युनिटको सचिवमा पनि अधिकारी नै छानिए ।
२०१५ सालको निर्वाचन पछि देशमा संसदीय ब्यवस्थाको शुरुवात भयो । नेपाली कांग्रेसको सरकार बन्यो । अधिकारीलाई उच्चशिक्षा एवम बिद्यावारिधि गर्ने पहिला देखिकै ईच्छा थियो । पढाई खर्च कसले दिने ? काठमार्डौ गएर आफै कमाएर पढ्ने जिद्दी लिए उनी काठमाडौँ पढ्न गए । तर त्यो बेलासम्म नेपालमा विश्वबिद्यालय खुलिसकेको थिएन । काठमाण्डौँ स्थित नेशनल कलेजले पटना विश्वबिद्यालयसँग सम्बन्धन लिएर संचालन गरेको थियो । नेशनल कलेजमा स्नातकोत्तर (अर्थशास्त्र)मा पढ्न थाले । अनी त्यही बेला रात्रीको कक्षा लिनको लागि कानुनमा पनि नाम लेखाए ।
उनी काठमाडौ जानु अघि जिल्लाबाट पार्टीको सिफारिस पत्र केन्द्रको लागि लिएर गएका थिए ।काठमाडौ गएर केन्द्रीय नेतासँग भेट गरे । पार्टीको मुख पत्र नवयुगको सम्पादन मण्डल र बिद्यार्थी क्षेत्रमा काम गर्न थाले । अधिकारीको आर्थिक अबस्था कमजोर रहेकोले ट्युशन पढाउने र पढ्ने काम गर्न थाले । उनले ट्युशन पढाउन थालेपछि उनकोमा पढ्न आउनेहरुको भिड लाग्न थाल्यो । उनीसँग ट्युशन पढ्न आउनेमा मंङ्गलशिद्धी मानन्धर, जो पछि योजना आयोगका उपाध्यक्ष, प्रतिनिधि सभाका सांसद र मन्त्री पनि भए । निर्मल लामा पनि उनीसँगै पढ्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्