विराटनगरमा प्रादेशिक महिला सम्मेलनकाे तयारी, प्रदेशकाे महिला मैत्री नीति निर्माणमा सहयाेग हुने

विराटनगरमा प्रादेशिक महिला सम्मेलनकाे तयारी, प्रदेशकाे महिला मैत्री नीति निर्माणमा सहयाेग हुने

विराटनगर, १९ फागुन ।
विराटनगरमा पहिलो पटक प्रादेशिक महिला सम्मेलन हुने भएको छ । प्रदेश १ सरकारले १०९ औ अन्तिराष्ट्रिय महिला दिवसको अवसर पारेर बिराटनगरमा प्रादेशिक महिला सम्मेलन हुन लागेको हो ।

लैंगिक समानताका लागि समान सोच र ब्यवहार, समृद्धिको आधार भन्ने मुल नाराका साथ प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले आयोजनामा प्रादेशिक महिला सम्मेलनको तयारी तिब्र पारिएको हो । आईतवार सामाजिक विकास मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरी महिला सम्मेलनमा करिब ५ सय महिला सहभागी गराउने जनाएको हो ।
सामाजिक विकास मन्त्रालयका सचिव हरिप्रसाद दाहालले प्रदेशको पुर्ब निर्धारित बजेट तथा कार्यक्रम अनुसारको सम्मेलन गर्न लागिएको जानकारी दिए । उनले प्रदेश सरकारले पहिलो पटक १३७ पालिकाका महिला प्रमुख तथा उपप्रमुख, १४ जिल्ला समन्वय समितीका महिला प्रमुख तथा उप प्रमुख, १३७ वटै पालिकाका कार्यपालिका १ जनाका दरले महिला सदस्य, प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरु सम्मेलनमा सहभागी हुने जानकारी दिए ।
यही फागुन २१ र २२ गते बिराटनगरमा हुने सम्मेलनको लागि करिब १५ लाख खर्च हुने अनुमान मन्त्रालयले गरेको छ ।
मन्त्रालयकी सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले बिषयगत बिशेषज्ञहरु बिच छलफल हुने र प्रदेश १ले महिला मैत्री निति तर्जुमा तथा आगामी दिनमा गर्ने कामको बारेमा घोषणा पत्र जारी गरी कार्यान्वयनमा लैजाने तयारीका लागि सम्मेलन आयोजना गर्न लागिएको बताईन् ।सम्मेलनमा प्रदेश १ दका महिलाको अवस्था एवं सवालहरुको पहिचान गर्दै लैगिंक नीति तर्जुमाका लागी सुझाव प्राप्त हुने, गर्ने । पालीकाहरुमा महिला सशक्तीकरण र लैंगिक मूलप्रवाहिकरणका लागि सहकार्य र समन्वयको खाका तयार गर्ने,महिला माथि हुने हिंसा अन्त्यका लागि प्रादेशिक नीति तथा कार्ययोजना निर्माण गर्न साझा प्रतिवद्धता प्राप्त गर्ने उदेश्य सम्मेलनको रहेको छ ।भर्खरै लागु भएको मुलुकी अपराध संहिता र देवानी संहिता २०७४ मा महिला हकअधिकार सम्बन्धी मुख्यमुख्य प्रावधानहरु र प्रदेश घरेलु हिंसाको सम्बन्धमा ब्यवस्था गर्न बनेको ऐन, २०७५ सम्बन्धी जानकारी गराउने समेत प्रदेश सरकारको तयारी छ ।

समृद्ध प्रदेशको लक्ष्यलाई मूर्त रुप दिन महिला सशक्तीकरण अनिवार्य रहेको भन्दै प्रदेश सरकारले प्रदेशमा महिलाको कुल २३ लाख ६८ हजार ४ सय ७ संख्या रहेको जानकारी दिँदै प्रदेशमा महिलाको आर्थिक, सामाजिक र राजनैतिक विकासको माध्यमबाट सबल र सक्षम महिला उत्पादन गरी सशक्तीकरण गर्नु अपरिहार्य रहेको महाशाखा प्रमुख भण्डारीले बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्