धनकुटाको घटना : आफैले बोकेको राइफल पड्किँदा सिपाहीको मृत्यु

धनकुटाको घटना : आफैले बोकेको राइफल पड्किँदा सिपाहीको मृत्यु

धनकुटाको सल्लेरीस्थित बरख गणमा कार्यरत एक सिपाहीको गोली लागेर मृत्यु भएको छ ।

डोटी घर भई हाल बरख गण धनकुटामा कार्यरत ३२ वर्षीय चेतराज जैशीको आफैले बोकेको राइफलको गोली लागेर शनिबार राति मृत्यु भएको हो । ब्यारेक भित्र राति डिउटीमा खटिएको जैशीको छाती र ढाँडमा तीन वटा गोली एकसाथ लागेको थियो ।

जैशी आफैले बोकेको राइफलको गोली लागेकोका कारण गोली आफैले हानेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुरेन्द्रबहादुर गुरुङले बताए । मृत्तकको लास पोष्टमार्टमको लागि धनकुटा अस्पतालमा राखिएको छ । मृत्तक जैशी पत्निका साथ ब्यारेक भित्रै बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्