युवतीहरुलाई ग्राहकसँग यौन सम्पर्क गर्न लगाउने विराटनगरकाे टिफिन हाेटल संचालक प्रिया पक्राउ

युवतीहरुलाई ग्राहकसँग यौन सम्पर्क गर्न लगाउने विराटनगरकाे टिफिन हाेटल संचालक प्रिया पक्राउ

विराटनगर, १९ फागुन ।
विराटनगर महानगरपालिका वडा नं. ११ टिफिन रेष्टुरेन्टकी संचालक प्रिया श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

बिभिन्न जिल्लाहरूबाट रोजगारीको सिलसिलामा आएका युवतीहरूलाई रेष्टुरेन्टमा आउने ग्राहकहरूसँग यौन सम्पर्क गराउने गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हाृ । उनले ती युवतीहरुलाई जवरजस्ती डर त्रास देखाई करकापमा यौन सम्पर्क राख्न लगाउने गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कर्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले रेष्टुरेन्टकी संचालक प्रिया श्रेष्ठलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकी श्रेष्ठलाई मानव वेचविखन तथा ओसार पसार ऐन २०६४ बमोजिम जिल्ला अदालत मोरङबाट म्याद थप गरी अनुसन्धान शुरु भएको उनले जानकारी दिए ।
राेजगारीकाे नाममा जवरजस्ती 
सामाजिक संजाल फेसबुकबाट चिनजान गरी युवतीहरूलाई एनजीओमा राम्रो जागीर दिलाई दिन्छु भन्दै यौन क्रियाकलाप गरेको आरोपमा थप एकजनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका ५ स्थित उखुबारीमा एक युवतीलाई जवरजस्ती करणी गर्न खोज्ने सप्तरी अग्नीसायर कृष्णसवरण गाउपालिका २ का सन्तोष कुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो । महिलाले प्रहरीमा दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको डिएसपी श्रेष्ठले बताए । प्रहरीले पक्राउ परेका यादवको साथबाट मोवाईल र नगद समेत बरामद गरेको जनाएको छ । उनलाई मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिम आवश्यक अनुसन्धान कार्य भई रहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्