सेन्टजोसेफ स्कुलमा फुड फिष्टा विद्यार्थीले बनाए मिठा मिठा खानाका परिकार

<span class='c1'>सेन्टजोसेफ स्कुलमा फुड फिष्टा विद्यार्थीले</span> <span class='c2'>बनाए मिठा मिठा खानाका परिकार</span>

विराटनगर १९ फागुन । विराटनगर २ मा रहेको सेन्टजोसेफ कलेजमा अध्ययनरत होटल मेनेजमेन्टका विद्यार्थीहरुले आफूले एक वर्षसम्म पढेको ज्ञानलाई व्यावहारिक रुपमा उतारेका छन् ।
कलेजमा अध्ययनरत विद्यार्थीहरुले होटेल मेनेजमेन्ट सम्बन्धी अध्ययन गरेका ज्ञानलाई प्रयोग गर्दै विभिन्न खानाका परिकारहरु बनाएका थिए ।
विद्यार्थीहरुले ब्लाक फोरेस्ट केक, व्रेड बन्स, व्रेड स्लाईस,फ्रुड ट्रेड, रसियन सलाद, कप केक , ईटालिन, चाईनिज, ईन्डियन परिकार बनाएका थिए । २०७४ सालदेखि होटल मेनेजमेन्ट विषय पढाउदै आएको कलेजमा हाल ८० जना विद्यार्थीहरु अध्ययनरत रहेको होटल मेनेजमेन्टका विभागिय प्रमुख मनोज राजवशीले जानकारी दिए । कलेजले आउने बर्षमा पनि अझ विद्यार्थीको संख्या बढाउदै लैजाने राजवशीले बताउनुभयो । साथै कलेजले कक्षा १२ का विद्यार्थीलाई विदाई कार्यक्रम समेत गरेको छ । विदाई कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरुले विभिन्न सांगितिक कार्यक्रम गरी विदाई गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्