विराटनगरको जेम्स २५ औं वर्षमा, विराटनगरकाे उत्तरी क्षेत्रमा उत्कृष्ट बन्दै

<span class='c1'>विराटनगरको जेम्स २५ औं वर्षमा, विराटनगरकाे</span> <span class='c2'>उत्तरी क्षेत्रमा उत्कृष्ट  बन्दै</span>

प्रेम देवान
विराटनगर १९ फागुन । विराटनगर १ ठूलो मिल पूर्व रहेको जेम्स ईन्टरनेशनल स्कुल २५ औँ वर्षमा प्रवेश गरेको छ । उत्तरी भेग विराटनगरमा स्थपना भएको विद्यालयले हरेक बर्ष एसईई परीक्षामा पनि उत्कृष्ट बन्दै आएको छ । विद्यालयले शनिबार २५ औं बर्ष पुरा गरेको अवसरमा रजत जयन्ती मनाएको छ । अतिरिक्त क्रियाकलापमा समेत उतिकै अब्बल रहेको विद्यालयले विभिन्न कार्यक्रम गरी रजत जयन्ती मनाएको छ । विद्यालयले रजत जयन्तीको अवशरमा स्कुलमा अध्ययनर विद्यार्थीहरुले विभिन्न सास्कृतिक कार्यक्रम गरी २५ औं बार्षिक उत्सव मनाएका छन् । विद्यार्थीहरुले नृत्य,गीत,¥याम्प वर्क , तथा कराँतेको विभिन्न खेलहरु प्रदर्शन गरेका थिए ।
दुई बर्ष अगाडी नयाँ व्यावस्थापन सहितको जुगारुक लामो समयदेखि शिक्षण पेशामा अनुभव बटुलेका शिक्षकहरुले विद्यालय संचालन गर्दै आएका छन् । मन्टेश्वरी देखि कक्षा १० सम्म हाल ५ सय भन्दा विद्यार्थीहरु अध्ययन गर्दै आएको विद्यालयका प्रिन्सिपल भुवनराज वाग्ले जानकारी दिए । गुणस्तरीय शिक्षा मार्फत स्थानिय स्तर मै अब्बल मानिदै आएको विद्यालयले विद्यार्थीहरुलाई आमा बुबाले दिईने माया सरह विद्यालयमा पनि त्यसरी नै माया दिएर पढाउने गरेको वाग्लेले बताए । साथै विद्यालयले परम्परागत अध्ययन संस्कारलाई आधुनिकता बदली विद्यार्थीको मनोभावनालाई बजेर पढाउनेको विद्यालयले जनाएको छ । आगामी दिनमा विद्यालयमा अबको ३ वर्ष भित्रमा एक हजार विद्यार्थी बनाउने र आफ्नै जग्गामा भवन निर्माण गरी ५ करोड लगानी थप्ने योजना रहेको प्रिन्सिपल वाग्लेले दावी गरे । सिर्जनसिल विद्यार्थी र कर्मसिल शिक्षकहरुको सहयोगले विद्यालयलाई उत्तरी क्षेत्रको उत्कृष्ट बनाउने योजना रहेको विद्यालयको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्