विराटनगरमा एक सय करोडको लगानीमा बनेको सेन्ट्रल मल भोलीदेखि संचालनमा आउदै

<span class='c1'>विराटनगरमा एक सय करोडको लगानीमा बनेको</span> <span class='c2'>सेन्ट्रल मल भोलीदेखि  संचालनमा आउदै</span>

प्रेम देवान
विराटनगर १९ फागुन । विराटनगरको मुटुमा मुलुक कै पहिलो स्ट्रीट लेन डिजाईनको सेन्ट्रल मल भोली सोमबारदेखि संचालनमा आउने भएको छ । शिवरात्रीको अवसर पारेर करिब एक सय करोडको लगानीमा बनेको सेन्ट्रल मलको औपचारिक रुपमा उद्घाटन गरी संचालन ल्याईने सेन्ट्रल मलले जनाएको छ ।
सेन्ट्रल मलको प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले औपचारिक रुपमा उद्घाटन गरी मलको संचालनमा ल्याईने जनाएको छ ।
विशाल ग्रुप, देवनगरा ग्रुप र हाइलाइफ ग्रुपको संयुक्त लगानीमा विविध व्यापारिक प्रयोजनका लागि झण्डै १ सय करोडको लगानीमा विराटनगर–७ को मेनरोडमा अवस्थित रहेको सिनेमा हलसहितको सुविधा सम्पन्न सेन्ट्रल मलको निर्माण भइरहेको छ ।
मलमा झण्डै २ सयदेखि ३ सय जनाले रोजगारी पाउने छन् । सेन्ट्रल मलमा ५ भन्दा बढी सोरुम, रेष्टुरेन्ट, सुपर मार्केट, राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्राण्डका विभिन्न सामाग्री उपलब्ध हुनेछन् । यस अघि विशाल ग्रुप , देवनगरा ग्रुप र हाइलाइफ ग्रुपको संयुक्त लगानीमा सिनेमा हल संचालनमा ल्याइएका छन् । सेन्ट्रल मलले ११ करोडको लगानीमा सेन्ट्रल मल्टिप्लेक्स सिनेमा हल निर्माण संचालनमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्