विराटनगरमा इन्धन चोरी रोक्न ट्याङ्करमा ‘क्यालिब्रेसन टावर’ जडान

<span class='c1'>विराटनगरमा इन्धन चोरी रोक्न</span> <span class='c2'>ट्याङ्करमा ‘क्यालिब्रेसन टावर’ जडान</span>

नवराज कट्टेल

विराटनगर, फागुन २०  गते ।

नेपाल आयल निगमको प्रादेशिक कार्यालय विराटनगरको डिपोमा क्यालिब्रेसन टावर जडान गरिएको छ । इन्धन बोकेका ट्याङ्करमा परिमाण मापन गर्ने क्यालिब्रेसन टावर बिग्रेको आठ महिनापछि पुनः जडान गरेर सञ्चालनमा ल्याइएको हो ।
गुणस्तर तथा नापतौल विभाग अन्तर्गत विराटनगर कार्यालयको प्राविधिक टोलीले जाँचपछि टावरबाट इन्धन परिमाण मापन शुरु गरिएको निगमका प्रादेशिक प्रमुख दिनेश यादवले जानकारी दिनुभयो ।

इन्धन ढुवानी गर्ने ट्याङ्करले कम परिमाणमा इन्धन ल्याएर खन्याउन सक्ने सम्भावना टार्न क्यालिब्रेसन टावर अति जरुरी रहेको दाबी गरिन्छ । सम्बन्धित निकायबाट प्रमाणित टावरले ट्याङ्करको इन्धन परिमाण मापन गराउन शुरु गरेका छौँ, प्रादेशिक प्रमुख यादवले भन्नुभयो, कम परिमाणमा इन्धन ल्याएर खन्याउने सम्भावना अब सकिएको छ ।
इन्धन ढुवानी गर्ने व्यवसायीलाई समेत प्रमाणित गर्ने क्रममा साक्षी राखेर टावरको यकिन परीक्षणबारे सूचित गराइएको छ । पुरानो भएर खिया लागेपछि टावरमा रहेको प्रुभिङ ट्याङ्कीमा प्वाल परेको थियो । त्यसलाई पाँच लाख रुपियाँ खर्चेर मर्मत गरिएको हो ।

टावर संरचनामा एक हजार लिटर पानी अट्ने दुईवटा प्रभिङ ट्याङ्की जडान गरिएको छ । पानीसहितका प्रभिङ ट्याङ्कीले ट्याङ्करमा भएको इन्धन परिमाण देखाउँछ । परीक्षण मापन गर्दा आशङ्का उत्पन्न भएमा ट्याङ्करको भौतिक बनोटको अवस्था बुझ्न सहज हुने प्रमुख यादवले बताउनुभयो ।

ढुवानीकर्ताबाट निगमले र निगमबाट पम्पहरूले माग गरिएको यकिन परिमाण पाउन सक्ने छन् । यसअघि टावर बिग्रिएको अवस्थामा दुई हजार ४८४ लिटर कम इन्धन ल्याएर खन्याउने क्रममा सूचनाबाहिर आएको थियो ।
उक्त घटनापछि केन्द्रीय कार्यालयले तत्काल क्यालिब्रेसन टावर मर्मत गर्न प्रादेशिक कार्यालयलाई निर्देशन दिएको थियो । निगमको तथ्याङ्क अनुसार हाल कार्यालयको मातहतमा रहने गरी ३९७ वटा ट्याङ्कर सञ्चालनमा छन् । प्रदेश १ मा साधारण र प्याक्डसहित २०६ वटा डिलर छन् ।

विराटनगरस्थित प्रादेशिक डिपोमा ५०६ केएल पेट्रोल र सात हजार ११० किलो लिटर डिजलको भण्डारण क्षमता रहेको यादवले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्