यस्तो पनि : बिहेको स्वयंवरपछि नै आँखा छलेर बेहुली फरार

यस्तो पनि : बिहेको स्वयंवरपछि नै  आँखा छलेर बेहुली फरार

बिहेको स्वयंवरपछि बेहुली फरार भएकी छन् । धुनुषाको सहिदनगर नगरपालिकामा बिहेको स्वयंवर सकिएपछि बेहुली फरार भएकी हुन् । धनुषाको शहीदनगर नगरपालिका–३, यदुकोहा महराटोलकी २० वर्षीया बेहुली फरार भएकी हुन् । उनलाई विवाह तयहुनु पूर्व कसैसंग प्रेम रहेको आसंका गरिएको छ ।

विवाहअघि हुने स्वयम्बर धुमधामसँग सम्पन्न भएको केही समयपछि नै बेहुली फरार हुँदा बेहुलासहितको जन्ती बिचल्लीमा परेका छन् ।

महरा टोलमा गए राति स्वय‌ंवर सम्पन्न भएपछि स्थानीय राम थर भएकी बेहुली बेहुली फरार भएकी हुन् । बेहुली हराएपछि उनी पहिलेदेखि नै प्रेममा रहेर अर्कैसँग भागेको हुनसक्ने अनुमान गरिएको इलाका प्रहरी कार्यालय यदुकूहाकाले जनाएको छ।

प्रहरीका अनुसार १ बजे स्वयंवर सम्पन्न भएलगत्तै आँखा छलेर बेहुली फरार भएकी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्